पिज्जा र फ्राइड राइस बेचेरै अर्बपति बनेका यी कम्पनी, म्याकडोनाल्ड र पिज्जाहटलार्इ चुनौती

बिजमाण्डू
२०७४ मंसिर २६ गते १३:४३ | Dec 12, 2017

कमाउनका लागि ठूलो ब्राण्ड वा मल्टिनेशनल कम्पनी नै हुनु पर्दैन। सानो कर्नरबाट सुरु गरेर पनि अर्बौको कमाइ गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै केही कम्पनीहरु फोर्ब्सको अर्बपतिको सूचीमा पर्न सफल भएका छन्।

Tata
GBIME
Nepal Life

लिटिल सिसर्स
माइकल र मारिया इलिचले सन् १९५९ मा पिज्जा सर्भ गर्ने गरी लिटिल सिसर्सको स्थापना गरेका थिए। हाल माइकलको मृत्यु भैसकेको छ भने मरिया र उनका सन्तान लिटिल सिसर्सको ६ अर्ब डलरका मालिक हुन्। यो जोडीले सन् १९५९ मा सँगै मिलेर पहिलोपटक पिज्जेरिया खोलेको थियो।

उनीहरुले दशहजार डलरमा मिचिगनको गार्डेन सिटीमा खोलेको यो पिज्जेरिया हाल अमेरिकाकै ठूलो पिज्जा चेनको रुपमा बिकास भएको छ। लिटिल सिसर्सले सन् २०१६ मा ४.२ अर्ब डलरको रेभेन्यू संकलन गरेको थियो। अमेरिकामा मात्र होइन क्यानडा, बहराइन, गुआम, साउदी अरेबिया तथा टर्कीमा कम्पनीले आफ्नो चेन बिस्तार गरेको छ।
 
चिकफिला
बुब्बा क्याथी र डान क्याथी दाजुभाइ हुन्। उनीहरुले फ्राइड चिकेनको ब्राण्ड चिकफिला आफ्नो बुबाको कारोबारबाट  पाएका हुन्। उनीहरुका बुबा ट्रुइट क्याथीको सन् २०१४को सेप्टेम्बरमा ९३ वर्षको उमेरमा निधन भएपछि दुर्इ दाजुभाइले यो विरासत सम्हाले। ट्रुयटले सन् १९६७ मा पहिलोपटक एटलान्टा मलमा बिभिन्न कम्पनी तथा एयरपोर्टका कामदारलार्इ लक्षित गरी चिकेन स्याण्डविच बनाएर बेच्ने गरेका थिए।

फ्राइड चिकेन सर्भ गर्ने यो कम्पनीले यस वर्ष ३.८ अर्ब डलर सम्पति कमाएको छ। यो कम्पनी सन् २०१५ मा नै कुल ३.२ अर्ब डलर कमाएर फोर्ब्सको सूचिमा पर्न सफल भएको थियो।

जोली बी
टोनी टान काकटियोङ र परिवार जोलीबीको आजर्न ३.४ अर्ब डलरको मालिक बनेर फोर्ब्सको सूचिमा परेका छन्। फिलिपिन्सको कम्पनी जोलीबीले फिलिपिनो चाइनिज अमेरकी र यूरोपेली परिकार सर्भ गर्छ। टोनीको पारिबारिक ब्यापार जोली बी सन् १९७८ मा फिलिपिन्सको कुबाओमा  आइसक्रिम पार्लरका रुपमा खुलेको थियो।

आइसक्रिम पार्लरबाट फैलिएको जोलीबीका अहिले २९ सयवटा शाखाहरु फैलिएका छन्। जोलीबीले अमेरकी बर्गर चेन स्म्यासबर्गरको ४० प्रतिशत हिस्सा समेत खरिद गरिसकेको छ। सन् २०१६ को अगस्टमा जोलीबीले अमेरिकाको इलिनोइसमा नयाँ शाखा बिस्तार गर्दा सयौं मानिसहरु खानाको लागि लाइन लागेपछि यसको चर्चा चुलिएको थियो।


 
पाण्डा एक्सप्रेस
पाण्डा एक्सप्रेस चीन र बर्माबाट अमेरिका पुगेका दुर्इ आप्रबासी एन्ड्रयू र पेगी स्रेङको सपना हो। उनीहरुले क्यानसासको बेकर यूनिभर्सिटी पढ्दा  एक अर्कालार्इ भेटे। त्यसपछि उनीहरुले सन् १९८३ मा लस एन्जलसको एउटा मलमा पाण्डा एक्सप्रेस खोले।

चाइनिज खानाको रेष्टुरेन्ट पाण्डा एक्सप्रेसको विशेषता भनेकै क्विक चाइनिज फूड हो। अरेन्ज चिकेन, स्विट एण्ड सावर पोर्क जस्ता खानाहरुप्रति मलका पसलेहरु, एयरपोर्ट ट्राभलर्स र सस्तो छिटो खाना चाहने अमेरिकीहरु निकै आकर्षित भए। यसबाटै कम्पनीले फोर्ब्सको सूचिमा आफूलार्इ उभ्याउन सक्यो।

सन् २०१३ मा यो सूचिमा २ अर्ब डलर कमाइका साथ प्रवेश गरेको पाण्डाको हाल ३.१ अर्ब डलर सम्पति जोडेको छ। हाल पाण्डाको शाखा १९ सयवटा स्थानमा फैलिएको छ। सन् २०११ मा उनीहरुले मेक्सिकोमा पहिलो अन्तराष्ट्रिय शाखा खोले। हाल कम्पनीका प्यूर्टो रिको, दक्षिण कोरिया र दुबईमा समेत शाखा फैलिएको छ।
 

पापा जोन्स
एक अर्ब डलर सम्पति भएको  फास्ट फुड कम्पनी पापा जोन्सबाट जोन स्नाटर यसैबर्ष फोर्ब्सको सूचिमा पर्न सफल भए। पिज्जा सर्भ गर्ने गरी खोलिएको यस कम्पनीका सिइओ जोन स्नाटरले यो कम्पनी सन् १९८४ मा सुरु गरेका थिए। अहिलेसम्म यो पिज्जेरियाले ४९ सयवटा शाखा खोलेको छ। बिभिन्न ४४ देशमा कारोबार फैलाएको पापा जोन्सले यस वर्ष सोचेजति कमाइ भने गर्न सकेन। तर पनि आफूलार्इ अर्बपतिको सूचिमा उभ्याउन सफल भएको हो।
 

जेन्सो ग्रुप
जापानी कम्पनी जेन्सो ग्रुपका मालिक केन्टारो ओगावा १ अर्ब डलर सम्पतिका साथ यसवर्ष फोर्ब्सको सूचिमा दरिए। जेन्सोको विशेषता भनेको बिफ राइस बाउल परिकार जुडोन हो।  साथै यसले नुडल्स, ह्याम बर्गर स्टेक र सुसी समेत सर्भ गर्छ। यसले जापानबाहिर चीन, मेक्सिको र ब्राजिलमा समेत कारोबार फैलाएको छ। कम्पनी सन् १९८२ मा सुरु भएको हो। हाल टोक्यो स्टक एक्सचेन्जमा समेत लिस्टेड यस कम्पनीको ४८ सय वटा रेस्टुरेन्ट छन्।