८ अर्ब पुर्याउन एभरेष्ट बैंकले बोलायो एजिएम, ३३% बोनस शेयर पुस १२ सम्मका शेयरधनीलाई

बिजमाण्डू
२०७४ मंसिर २६ गते १३:२५ | Dec 12, 2017
काठमाडौँ। एभरेष्ट बैकले साधारणसभाका लागि बुकक्लोज मिति तय गरेको छ। बैंकले पुस २८ गते साधारणसभा डाकेको छ।
साधारणसभाकालागि पुस १३ देखि २० गतेसम्म बुकक्लोज गर्ने बैंकले जनाएको छ। दोस्रो बजारमा पुस १२ गतेसम्म शेयर खरिद गर्नेले लाभांस पाउनेछन्।
 
बैकले गत बर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस शेयर घोषणा गरेको छ।  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकले असोजसम्म ५३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life