इओन र ग्रान्ड आइटेनको बीचमा हुन्डाइ इण्डिया नयाँ कार ल्याउँदै, कसलाई दिने छ नयाँ कारले टक्कर

बिजमाण्डू
२०७४ मंसिर २६ गते १२:०४ | Dec 12, 2017
इओन र ग्रान्ड आइटेनको बीचमा हुन्डाइ इण्डिया नयाँ कार ल्याउँदै, कसलाई दिने छ नयाँ कारले टक्कर
नयाँदिल्ली। भारतको कार कम्पनी हुन्डाइ मोटर इण्डिया लिमिटेडले ह्याचब्याक सेगमेन्टमा आफ्नो पकड बलियो बनाउन नयाँ बर्षमा नयाँ कार ल्याउने भएको छ। कम्पनीले इओन र ग्र्यान्ड आइटेनको बीचको ग्याप भर्नका लागि नयाँ कार ल्याउन लागेको हो।


 
नयाँ कारले टियागो, फोर्ड फिगो र मारुती स्विफ्टलाई टक्कर दिने छ। कम्पनीका बिक्री तथा बजार प्रबर्द्धन विभागका निर्देशक राकेश श्रीवास्तवले स्मल फेमिली डिजाइन कार सार्वजनिक गरेपछि नयाँ कार बजारमा ल्याउन तयारीमा रहेको जानकारी दिए।
 
पाँच सिटर कारलाई इओन र ग्र्यान्ड आइटेनको बीचमा राखिने छ। उनले नयाँ कार सकेसम्म छिटो बजारमा ल्याउने बताए। 

Tata
GBIME
Nepal Life