नेपाल-चीन व्यापार प्रवर्द्धन गर्न लार्चामा निर्माण भएको सुख्खा बन्दरगाह वेवारिसे, सवा अर्ब खेर

बिजमाण्डू
२०७४ मंसिर २५ गते १०:०८ | Dec 11, 2017

काठमाडौं।तातोपानी नाका नजिकै लार्चामा अत्याधुनिक भवनसहितको सुख्खा बन्दरगाह वेवारिसे छ।चीनको १ अर्ब २० करोड लागतमा निर्माणाधिन सुख्खा बन्दरगाहको ८० प्रतिशत काम सकिएपछि विनाशकारी भूकम्प गयो।

Tata
GBIME
Nepal Life

यो विनाशकारी भूकम्पले यो सुख्खा बन्दरगाहको भबिष्य पनि खोस्यो।चीनले तातोपानी नाका बन्द भएपछि अहिले लार्चाको सुख्खा बन्दरगाह वेवारिसे बनेको हो।नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकालार्इ व्यवस्थित बनाउन सुख्खा बन्दरगाह निर्माण भएको थियो।यो नाका अनिश्चितकालका लागि बन्द भएपछि सुख्खा बन्दरगाहमा भएको लगानी पनि खेर गएको छ।

नेपाल र चीनबीचको द्धिपक्षीय सहमतिमा व्यापार प्रवर्द्धनका लागि ०६९ सालदेखि सुख्खा बन्दरगाह निर्माण सुरु भएको थियो।नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी प्रमुख लक्ष्मणबहादुर बस्नेतका अनुसार भूकम्पसँगै भोटेकोशीमा आएको बाढीले बन्दरगाहमा क्षति पुगेको छ।भूकम्पको क्षतिग्रस्त सुख्खा बन्दरगाह १५ करोड लागतमा पुर्ननिर्माण भएपनि भोटेकोसीको बाढीले पूरानै अवस्थामा पुर्याएको बताए।उनका अनुसार गत भदौं पाँच गते निर्माणाधिन सुख्खा बन्दरगाह चाँडो निर्माणसक्ने सहमति भएको छ।‘बर्खायाम सकिएपछि निर्माण सुरु गर्ने भनिएपनि अहिलेसम्म प्रकृया अघि बढेको छैन’उनले भने।

बन्दरगाह तातोपानीको चीन र नेपाल जोड्ने मितेरी पुलबाट ६.५ किमी तल पर्छ। करिव ९० रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण भएको थियो।
तातोपानीको लिपिङ बजारदेखि निर्माणाधिन बन्दरगाह सम्मको बाटो स्तरोन्नति, भोटेकोसी नदीमा पुल,र बन्दगाह निर्माण एकैपटक थालिने योजना रहेपनि सडक स्तरोन्नती काम भने अघि बढ्न सकेको थिएन।

१२ मिटरको चौडार्इ सहित कालोपत्रे सडक विस्तार गर्ने योजना अघि सारिएको थियो तर त्यहाँ घरहरु भत्काउनुपर्ने भएकाले रोकिएको थियो। बस्नेतका अनुसार पछि सात मिटरको चौडार्इमा सडक विस्तार गर्न स्थानीय पनि सहमत भएका थिए तर काम भने अघि बढ्न सकेको थिएन्। तातोपानीमा फैलदो व्यापारलार्इ देखेर चीन सरकारले नेपालका लागि लार्चा नजिकै आधुनिक सुक्खा बन्दरगाह (ड्रार्इपोर्ट)निर्माण थालेको थियो।

नेपाल इन्टरमोडल यातायात समितिका अनुसार  १ सय ५८ कन्टेनर र साना २३ वटा गाडी सुख्खा बन्दरगाहमा राख्न सकिन्छ। बन्दरगाहमा आवश्यक सबै संरचना बनिसकेको थियो। बन्दरगाहमा आवश्यक भन्सारदेखि गोदामघरसम्म निर्माण भइसकेको थियो। बन्दरगाहमा आवश्यक पर्ने आवास भवन ,पानी आपूर्ति,विद्युत आपूर्ति र सुरक्षा पोष्टका लागि आवश्यक पूर्वाधार समेत तयार भएका थिए।