५ दिनमै किलोमा २० रुपैयाँ बढेपछि झनै तितो भयो करेला, टमाटर र गाजरले बढायो भान्छा खर्च!

बिजमाण्डू
२०७४ मंसिर २४ गते १६:४२ | Dec 10, 2017

काठमाडौं।  एक साता अघिको तुलनामा काठमाडौंमा तरकारीको भाउ बढेको छ। कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिका अनुसार टमाटर,गाजर,तितोकरेला लगायतका तरकारीको भाउ बढेको छ। सबैभन्दा बढी करेलाको भाउ बढेको छ।
गत साता न्युनतम ६० देखि अधिकतम ७० रुपैयाँ र  औसत ६५ रुपैयाँ किलोमा कारोबार भएको करेलाको मूल्य बढेर न्युनतम ८० रुपैयाँ देखि अधिकतम ९० रुपैयाँ र ‍औसतमा ८५ रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

यसैगरी ५ दिनअघि  औसत १०५ रुपैयाँ किलोमा कारोबार भैरहेको टमाटरमा पनि  किलोमा दश रुपैयाँ बढेको छ। आज टमाटर किलोको  न्युनतम ११० देखि अधिकतम १२० र  औसतमा किलोको ११५ रुपैयाँमा कारोबार भएको समितिले जानकारी दिएको छ।

न्युनतम१०० रुपैयाँ देखि अधिकतम ११०रुपैयाँ  तोकिएको र औसतमा १०५ रुपैयाँ मूल्य रहेको गाजरको भाउ पनि किलोमा दश रुपैयाँ बढेको छ।
 गाजर आज न्युनतम ११०देखि १२० र औसतमा ११५ रुपैयाँमा कारोबार भैरहेको हो।  

हरियो खुसार्नी, बोडी,भिण्डी लगायतको मूल्यमा भने कमी आएको छ। यी तरकारीहरु  किलोमा ५ रुपैयाँ भाउ घटेको समितिले जनाएको छ। अन्य धेरै जसो तरकारीको मुल्य यथावत रहेको छ।

कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिका  प्रवक्ता विनय श्रेष्ठले तरकारीको भाउमा खासै ठूलो उतारचढाव  नभर्इ सामान्य घटबढ मात्र भएको प्रतिक्रिया दिए ।