सेञ्चुरी बैंक,अल्पाइन र सेती फाइनान्सको एकीकृत कारोबार, चुक्ता पूँजी ७ अर्ब ६८ करोड पुग्यो

बिजमाण्डू
२०७४ मंसिर २४ गते ००:०० | Dec 10, 2017
सेञ्चुरी बैंक,अल्पाइन र सेती फाइनान्सको एकीकृत कारोबार, चुक्ता पूँजी ७ अर्ब ६८ करोड पुग्यो

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स एक्वायर गरेर आइतबारदेखि एकीकृत कारोबार थालेको छ।

Tata
GBIME
Nepal Life

गभर्नर डा चिरञ्जिवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे।एकीकृत कारोबारपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ६८ करोड पुगेको छ।बैंकको निक्षेप ४९ अर्ब र कर्जा ४५ अर्ब पुगेको छ।बैंकको मुलुकभर ८५ वटा शाखा कार्यालय रहेका छन्।बैंकले बोनश शेयर जारी गरेर आठ अर्ब पूँजी पुर्याउने जनाएको छ।