स्याङ्जामा कांग्रेस र वाम गठबन्धनबीच बुथकव्जाको आरोपप्रत्यारोप, मतगणना अनिश्चित

बिजमाण्डू
२०७४ मंसिर २२ गते १२:५९ | Dec 8, 2017
पोखरा।  स्याङ्जा क्षेत्र नम्बर दुईमा कांग्रेस र एमालेबीच बुथकब्जाको विषयलाई लिएर विवाद चुलिएपछि मतगणना अनिश्चित भएकोछ। 
 
कांग्रेसबाट चापाकोट नगरपालिकाको सेखामका दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथकब्जा भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।
 
कांग्रेसबाट जनसक्रिय प्रावि, चितापोखरी, कालिका आधारभूत स्कूल तिनपिप्ले र मल्याकोटको राममन्दिर मतदान केन्द्र क र ख मतदान स्थलमा बुथकब्जा गरेको भन्दै एमालेले उजुरी दिएको हो।
 
वाम गठबन्धनले ४ मतदाता केन्द्रमा बुथकब्जा गरेको भन्दै  कांग्रेसले पनि मुख्य निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।
 
कालिगण्डकी गाउँपालिका १ को जनहित मावि मतदान केन्द्र, घुरडाँडा प्राविको मतदान केन्द्र, गल्याङ नगरपालिका स्यालबासको सत्यशिला प्रावि मतदान केन्द्र, कालिगण्डकी ३ को अमरदीप प्रावि मतदान केन्द्रमा एमालेले बुथकब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको छ ।

Tata
GBIME
Nepal Life