आइफोन टेन शुक्रबारबाट बजारमा, ६४ र २५६ जिबी स्टोरेजमा उपलब्ध, किन्नेलाई स्किम पनि

बिजमाण्डू
२०७४ मंसिर १४ गते १७:५३ | Nov 30, 2017
आइफोन टेन शुक्रबारबाट बजारमा, ६४ र २५६ जिबी स्टोरेजमा उपलब्ध, किन्नेलाई स्किम पनि
काठमाडौं। एप्पलको आधिकारिक बिक्रेता जेनरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आइफोन टेन शुक्रबारबाट नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ। 
 
आइफोन टेन ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ।  सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आइफोन टेन आउने छ। यो फोन किन्नेले अर्धबार्षिकमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ।
 
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले आग्रह गरेको छ। 

Tata
GBIME
Nepal Life