‘यहाँ काम गर्ने मान्छे छैनन् तर युवा किन बिदेशिइरहेका छन्? चेम्बर एक्सपोमा राष्ट्रपतिको प्रश्न

बिजमाण्डू
२०७४ मंसिर १४ गते १६:४६ | Nov 30, 2017
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेक पाँच दिने एक्स्पोको उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने बताएकी छिन्। भण्डारीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र उत्साहकासाथ लागिपरेको बताइन्। उनले स्वदेशमै कामदारको कमी भए पनि दैनिक हजारौं युवा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता प्रकट गरिन्। 


 
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले एक्स्पोबारे जानकारी दिंदै नेपाल चेम्वरले आफ्नो स्थापनाको सुरुवातदेखि नै नेपाल सरकारको उच्चस्तरीय निकायसँग समन्वय गर्दै आएको बताए। राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि जस्तोसुकै बिषम परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले मुलकुको आर्थिक विकास लागि सरकारसँग सहकार्य गरी अगाडि वढ्ने बताए। 
 
मुलुकमा नयाँ संबिधानको प्राप्तिपछि सबैको ध्यान दिगो आर्थिक विकासमा केन्द्रित गरिनु आजको आवश्यकता भएको औंल्याउदै उनले अबको मुलुकको एक मात्र लक्ष्य आर्थिक समृद्धि हासिल गर्ने हुनुपर्ने बताए। 
 
वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले उपभोक्ताको रुचि चाहना विश्लेषण गरी त्यही अनुसार अगाडि वढ्न एक्स्पो सहयोगी हुने विश्वास व्यक्त गरे। गणतन्त्र कोरियाका राजदूत पार्क योङ्ग सिकले चेम्वरले गरेको एक्स्पोमा दोश्रो पटक कोरिया पार्टनर मुलुकको रुपमा सहभागी रहेको जानकारी दिंदै एक्स्पो उपयोगी हुने विश्वास व्यक्त गरे। 
 
चेम्वरले गरेको यो तेस्रो एक्स्पो हो। चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्ट्रिय एक्स्पो गर्दै आएको छ। यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको छ। एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ। मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहेका छन्। 
 

Tata
GBIME
Nepal Life