सबैतिर घुमेर पनि बाइसधारा पार्क पुग्नु भएन? पछुतो लाग्ने गरि निर्माण गर्न परामर्शदाता हायर

बिजमाण्डू
२०७४ मंसिर १४ गते १४:३३ | Nov 30, 2017
सबैतिर घुमेर पनि बाइसधारा पार्क पुग्नु भएन? पछुतो लाग्ने गरि निर्माण गर्न परामर्शदाता हायर


काठमाडौं। कुनै समय राजधानीको घुम्न लायक ठाँउमध्ये एक थियो, बालाजु पार्क। राजधानी घुमेपछि बालाजु पार्क नपुगे राजधानी घुमे झै नलाग्ने। 
 
गत २०७२ सालमा गएको विनाशकारी भुकम्पले क्षति पुर्याएपछि बालाजु बाइसधारा पार्कको शोभा हराएको छ। 


 
बालाजु बाइसधारा पार्कको  मुहार नै फेर्ने गरि काठमाडौ महानगरपालिकाले गुरुयोजना बनाउन लागेको शहरी पुर्वाधार विकास  विभाग प्रमुख डा.उत्तर कुमार रेग्मीले जानकारी दिए। उनले गुरुयोजना बनाउनका लागि एक/दुर्इ दिनभित्रै कन्सल्ट्याण्ट हायर गर्ने प्रक्रिया सुरु गरिने बताए। महानगरको योजना उपत्यकाको उत्कृष्ट पार्कका रुपमा बालाजु बार्इसधारा पार्कलार्इ विकास गर्ने रहेको छ।
 
अहिले पार्कमा पुननिर्माणको काम भैरहेको छ। पुननिर्मांणको काम लगभग सकिने चरणमा रहेकाले मास्टर प्लान नै बनाएर पार्कको स्तरोन्नती गर्न लागिएको रेग्मीले जानकारी दिए। उनले योजना अनुसार काम भए छिट्टै लोभलाग्दो पर्यटकीय पार्क बन्ने दाबी गरेका छन्।
 
पार्कको स्वामित्वमा १ सय ६२ रोपनी जमिन रहेको छ। महानगरको योजना अनुसार अब सबै जमिनको सदुपयोग गरेर आन्तरिक पर्यटकलार्इ आवास गृहसहितको आधुनिक तथा अत्यावश्यक सुविधाहरु उपलब्ध गरार्इने पार्कको रुपमा विकास गरिने उल्लेख छ। यसै गुरुयोजनाको माध्यमबाट पार्कभित्रको बगैचा, धार्मिक, ऐतिहासिक सम्पदाको संरक्षण गर्ने समेत बतार्इएको छ।


 
महानगरमा पार्कसम्वन्धी विज्ञता राख्ने र अनुभव भएको दक्ष जनशक्ती नभएकाले कन्सल्ट्याण्टको माध्यमबाट पार्कको शोभा बढाउन लागिएको हो। पुस मसान्तसम्म कन्सलट्याण्ट नियुक्त गर्ने र ४ महिनाको समय लगाएर गुरुयोजना बनार्इ पार्कलार्इ नमुना पार्कका रुपमा विकास गर्न लागिएको महानगरपालिकाले जनाएको छ।


 
गुरुयोजना बनाउनका लागि ३० लाख रुपैया बजेट नगरसभाबाट पारित गरिएको विभाग प्रमुख रेग्मीले जानकारी दिए।
 
अहिले महानगरले करिव २ करोड रुपैया खर्चेर पुननिर्माणको काम गरिरहिएको छ। भत्किएका भित्ताहरु, बाटोमा उप्किएका टायलहरु, पिकनिक स्पट, स्विमिंङ पुल लगायतको पुननिर्माण सकिएको शहरी पुर्वाधार तथा विकास विभागले जनाएको छ। अहिले पार्कको विभिन्न भागहरुमा मर्मत सम्भारको काम धमाधम भैरहेको छ।
 
काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पदबहाली गरेको सय दिनका उपलब्धीहरु सुनाउदै बालाजु लगायतका महानगर क्षेत्रभित्रका पार्कहरुमा फ्रि वार्इफार्इ जोन बनाउने योजना सुनाएका थिए। साथै पार्कको मर्मत सम्भारका लागि आफुले उचित बजेट व्यवस्थापन गरेको दाबी गरेका थिए।
 
चालु आर्थिक बर्षका लागि काठमाडौ महानगरपालिकाले पार्क मर्मत सम्भारका लागि २ करोड ११ लाख ५० हजार रुपैया विनियोजन गरेको छ। 

Tata
GBIME
Nepal Life