सिटी एक्सप्रेसको पनि भाइबर सेवा, कारोबार रकमदेखि विनिमयदरसम्मको जानकारी लिन सकिने

बिजमाण्डू
२०७४ मंसिर ७ गते १९:३८ | Nov 23, 2017
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life


भाइवर सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटेन्स सेवाको जानकारी लिन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

कम्पनीका अनुसार भाइबरबाट आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सकिनेछ ।यो सेवा कम्पनीका ग्राहक वाहेकले पनि प्रयोग गर्न सकिने बताइएको छ।

कम्पनीले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग रेमिटेन्स भुक्तानी सम्झौता गरेको छ ।यो वाहेक कम्पनीले पाँच हजार भन्दा बढी आफ्ना एजेन्टमार्फत पनि रेमिटेन्स सेवा दिँदै आएको छ।