१९ वर्षमा मनकामना केबलकारमा १ करोड २९ लाख यात्रु चढे, यात्रुको चाप बढेपछि तीन वटा डब्बा थप्दै

बिजमाण्डू
२०७४ मंसिर ७ गते १५:२६ | Nov 23, 2017
१९ वर्षमा मनकामना केबलकारमा १ करोड २९ लाख यात्रु चढे, यात्रुको चाप बढेपछि तीन वटा डब्बा थप्दै

काठमाडौं।नेपालको पहिलो केबलकार मनकामना केबलकारमा १९ वर्षको अवधिमा १ करोड २९ लाख जना यात्रु चढेका छन्।

Tata
GBIME
Nepal Life

०५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो केबलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।कम्पनी शुक्रबारदेखि १९ वर्ष पूरा गरि २०औं वर्षमा प्रवेश गर्दैछ।मनकामना मन्दिरसम्म पुग्ने यो केबलकार स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना गरेका हुन्।यो केबलकारले प्रति घण्टा ६ सय यात्रु बोक्न सक्ने कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए।

उनका अनुसार तीन वटा गोन्डोला(डब्बा)थप्दैछ।यो डब्बा थपेपछि दैनिक ६ सय यात्रु चढ्न पाउने उनले बताए।‘हामीले यात्रुको चाप बढेकोले क्षमता बढाउन लागेका हौं’उनले बिजमाण्डूसँग भने,यात्रुको चाप थेग्न नसकेपछि तीन वटा डब्बा थप्न लागेका हौं।‘

श्रेष्ठले केबलकार स्थापना हुँदा र अहिलेसम्म स्थानीयको सहयोग महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहमा आर्थिक सबलीकरण भएको बताए।‘केबलकार रहेको बटम र टप स्टेशनमा होटल र रेष्टुरेन्ट स्थापना भएका छन्।त्यसले स्थानीय तहमा आर्थिक समृद्धिमा बल पुगेको छ’उनले भने,केवलकारले राष्ट्रिय रुपमा पनि राजस्वको ठूलो योगदान दिएको छ।‘