कारोबार रकममा उल्लेख्य सुधार, साढे ६८ करोडको किनबेच, बजार दोहोरो अंकले उक्लियो

बिजमाण्डू
२०७४ मंसिर ७ गते १५:२४ | Nov 23, 2017
काठमाडौँ। साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ। कारोबार मापक सूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। 
 
कारोबार सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिमसम्म नै वृद्धि कायम राख्दा समग्र बजार बढेर बन्द भएको हो। पछिल्ला केहि दिन औसत ३५ करोडमा झरेको कारोबार रकम बिहिबार बढेर ६८ करोडमाथि उक्लिएको छ।
  
बिहीबार बजार १३.०३  अंकले बढेर १४९३.०९ अंकमा उक्लिएको छ। १६५ कम्पनीका १३ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन्। सबैभन्दा बढि साना किसान बैंकको संस्थापक शेयर २१ करोड ९९ लाख रुपैयाँ बराबरको खरिद भएको छ। 
 
१० समुहको कारोबारमा ट्रेडिङबाहेक सबै सूचक बढेका छन्। बैंक ०.८४, होटल १.०९, विकास बैंक १.२८, जलबिद्युत २.४५, फाइनान्स १.२८, बीमा ०.३३, उत्पादनमूलक ०.६३, अन्य ०.५९ र लघुवित्त १.३९ प्रतिशतले बढेका छन्। ट्रेडिङ १.५४ पप्रतिशतले घटेको छ। 
 
सबैभन्दा बढी सिनर्जी पावरका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। बढी गुमाउनेमा हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनी छन्। 

Tata
GBIME
Nepal Life