गरिमा विकास बैंक ११औं बर्षमा, बार्षिकोत्सवमा न्यानो कपडा वितरण

बिजमाण्डू
२०७४ मंसिर ७ गते १५:०४ | Nov 23, 2017
काठमाडौं। गरिमा विकास बैंक सञ्चालनको ११औं बर्षमा लागेको छ। बैंकले बार्षिकोत्सवको अवशरमा पाँच स्थानमा न्यानो कपडा वितरण गरेको छ। बैंकले काठमाण्डौं, तनहु, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अतिविपन्नहरुलाई लत्ता कपडा बितरण गरेको हो।
काठमाण्डौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरुहरुलाई बैंकले एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरेको हो। त्यसैगरी चितवन तथा तनहुँ जिल्ला अन्तर्गतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बैंकले लत्ता कपडा बितरण गरेको छ। 
 
स्याङ्गजा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौर स्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बिहीबार नै बैंकले लत्ता कपडा बितरण गरेको हो। 
 

Tata
GBIME
Nepal Life