मिर्मिरे माइक्रोफाइनान्सको ३०.८० प्रतिशत बोनस सेयर, माउण्ट मकालुको ५० प्रतिशत हकप्रद

बिजमाण्डू
२०७४ मंसिर ७ गते १३:०५ | Nov 23, 2017
काठमाडौँ। मिर्मिरे माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट ३०.८० प्रतिशत बोनस शेयर र  कर प्रयोजनार्थ १.६२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ। कम्पनीले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। 
 
माउण्ट मकालु डेभलपमेन्ट बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद आजबाट बिक्री खुल्ला भएको छ। बैंकको हकप्रद कात्तिक १६ गतेसम्म कायम भएका शेयरधनीले दुर्इ शेयर बराबर नयाँ एकको अनुपातमा आवेदन दिन पाउने छन्। 
 
बैंकको हकप्रद आवेदनको लागि एनआर्इविएल क्यापिटल लाजिम्पाट, मकालु डेभलपमेन्ट बैंकका केन्द्रिय तथा सम्पुर्ण शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढी रहेका छन्। 
 
बैंकको हकप्रद आवेदनको लागि पुष १२ गतेसम्म रहेको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटलले जनाएको छ। बैंकले तीन लाख ४५ हजार कित्ता हकप्रद निष्काशनपछि चुक्ता पूँजी १० करोड ३७ लाख रुपैयाँ पुग्नेछ।
 

Tata
GBIME
Nepal Life