एसियाली विकास बैंकले केनिचीको ठाउँमा नयाँ कन्ट्री डाइरेक्टर पठायो, खमुदखानोभ नियुक्त

बिजमाण्डू
२०७४ मंसिर ७ गते ११:१६ | Nov 23, 2017
एसियाली विकास बैंकले केनिचीको ठाउँमा नयाँ कन्ट्री डाइरेक्टर पठायो, खमुदखानोभ नियुक्त
काठमाडौं। एसियाली विकास बैंक (एडिबी) ले नेपालका लागि 'कन्ट्री डाइरेक्टर' नियुक्त गरेको छ। एडिबीले मुख्तोर खमुदखानोभलाई कन्ट्री डाइरेक्टर नियुक्त गरेको हो।
 
खमुदखानोभले नेपालको अपरेशनका साथै दीर्घकालिन विकासका पूर्वाधार, मानव संसाधन र निजी क्षेत्रको विकासका लागि काम गर्ने छन्। 'एडिबी नेपालको विकास साझेदार हो' उनले भने, 'सरकारसँग मिलेर प्रभावकारी ढंगबाट कार्यसुची बनाएर काम गर्ने प्रयास गर्ने छु।'
 
उनले एडिबीमा २००१ बाट आवद्ध भएका हुन्। उनी यसअघि फिलिपिन्सको मनिलामा दक्षिण एसियाका लागि उर्जा  सम्बन्धि काम हेर्थे। उनले इलेक्ट्रिकल इन्जिनियरिङमा पिएचडी गरेका छन् भने आर्थिक नीति ब्यवस्थापनमा स्नातकोत्तर पनि हुन्।
 
 यसअघि नेपालका लागि एडिबीको प्रमुख केनिची योकोयामा थिए। उनी अहिले भारतका लागि प्रमुख नियुक्त भएका छन्। 

Tata
GBIME
Nepal Life