अनलाईनबाटै जागिर खोज्न सकिने, रोजगारदाताला पनि अनलाइनबाटै कर्मचारी उपलब्ध




काठमाडौं। अब अनलाइनबाटै जागिर खोज्न सकिने भएको छ। जागिर दिन चाहनेले पनि अनलाइनबाटै आवेदन माग्न सक्छन्। 
 
जवडेस्क नामक कम्पनीले आफ्नो वेवसाइट आवरजवडेस्क डटकमबाट सित्तैमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख गरेको छ। ‘कुनै कम्पनीलाई कामदार चाहिए उसले सिधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्न सक्छ, कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, सबैतिर पैसा नतिरी विज्ञापन गर्न नपाउने अबस्थामा हामीले सित्तैमा सेवा दिन थालेका छौं।’ 
 
कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजागारी खोज्ने ब्यक्तिको बायोडाटासमेत प्राप्त गर्न सक्नेछन्।


 
कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो ब्यक्तिगत विवरण (बायोडाटा) बनाएर राख्ने सुविधा वेवसाइटमा दिएको छ। जवडेस्कले सित्तैमा इन्टर्नसिप गर्न चाहनेहरुलाई समेत अबसर उपलब्ध गराउने निर्देशक आचार्यले जानकारी दिए। यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक संजालमा सेयर गर्न सकिन्छ। 
 
कम्पनीसम्बन्धी कुनै जानकारी चाहिए वेवसाइटमा लाइभ च्याटको सुविधासमेत छ।  जवडेस्कले बेरोजगारहरुलाई रोजगारी खोज्ने काम गर्दै आएको छ। आफूलाई कामदार चाहिने कम्पनीले पनि जवडेस्कमा सम्पर्क गर्न सक्छन्। यसरी जवडेस्कले काम खोज्ने र काम दिनेबीच पुलको काम गर्दै आएको आचार्यले बताए। 
 


Share this Story

   

अनलाईनबाटै जागिर खोज्न सकिने, रोजगारदाताला पनि अनलाइनबाटै कर्मचारी उपलब्ध को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.