संस्थापक शेयर बोलकबोलमा बेच्न बैंक अफ काठमाण्डूलाई अनुमति, साढे ६१ लाख कित्ता थपिने

बिजमाण्डू
२०७४ मंसिर ६ गते १७:४७ | Nov 22, 2017
संस्थापक शेयर बोलकबोलमा बेच्न बैंक अफ काठमाण्डूलाई अनुमति, साढे ६१ लाख कित्ता थपिने
काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्नका लागि स्वीकृति पाएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकलाई ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर बिक्री गर्न अनुमति दिएको हो। 
 
शेयर बिक्रिका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ्गलाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकिएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। शेयर बलकबोल गर्ने मिति चाँडै सार्बजनिक गर्ने बैंकले जनाएको छ।
 
गत बर्ष बैंकले एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकका ७५ शाखा, ६६ एटिएम र सात एक्सटेन्शन काउन्टर छन्। 

Tata
GBIME
Nepal Life