आधुनिक तरिकाबाट आर्थिक प्रक्षेपण गर्ने नयाँ मोडेल राष्ट्र बैंकले बनायो,कुन आधारमा प्रक्षेपण?

बिजमाण्डू
२०७४ मंसिर ६ गते ०९:३७ | Nov 22, 2017
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न आर्थिक चरहरुको (भेराइबल्स) प्रक्षेपण गर्न सक्ने 'म्याक्रोइकोनोमिक्स मोडेल' को निर्माण गरेको छ। दक्षिण कोरियाको केन्द्रीय बैंक 'द बैंक अफ कोरिया' र त्यहीँको विश्व विद्यालय 'योन्साय' ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकले मोडेल निर्माण गरिएको घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life


 

२०१७ जुन महिनादेखि द बैंक अफ कोरियाको आर्थिक सहयोगमा योन्साय विश्वविद्यालयको प्राविधिक सहयोगमा ६ महिना लगाएर आर्थिक प्रक्षेपण गर्ने आधुनिक म्याक्रोइकोनोमिक्स मोडेलको निर्माण गरेको हो।
 
नेपाली अर्थतन्त्रको मौलिक विशेषतालाई ध्यानमा राखी निर्माण गरिएको मोडेलले राष्ट्रको समष्टिगत माग (एग्रिगेट डिमान्ण) र समग्र आपुर्ति (एग्रिगेट सप्लाइ) सँग सम्बन्धित विभिन्न भेराइवल्सको प्रक्षेपण गर्न सहयोग गर्ने छ। 
 
नेपालमा तथ्यांकहरुको सीमित उपलब्धता भएको ब्यवहारिक कठिनाइको पृष्ठभूमिलाई ध्यानमा राखी निर्माण गरिएको 'लग-लाइनराइज्ड मिडियम स्केल मोडेल' ले विप्रेषण आप्रवाह, कृषि क्षेत्र, भारतीय मुद्रास्फितिलगायतका आर्थिक चरहरुमार्फत प्रक्षेपण गर्छ।