टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत गुन्टक नेपालमा, टाटा ग्लोबल सर्भिस क्याम्पको उद्घाटन

बिजमाण्डू
२०७४ मंसिर ६ गते ०८:२० | Nov 22, 2017
टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत गुन्टक नेपालमा, टाटा ग्लोबल सर्भिस क्याम्पको उद्घाटन


काठमाडौं।टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत गुन्टक बुशेक नेपाल आएका छन्।टाटा मोटर्सको गाडी बिक्री सुरु भएको ३५ वर्षको अवधिमा टाटाको सिइओ तहका पदाधिकारी नेपाल आएको पहिलो पटक हो।

Tata
GBIME
Nepal Life

टाटाका लागि नेपाली बजार महत्वपूर्ण मानिन्छ।नेपाल आएका बुशेकले औपचारिक रुपमा टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले आयोजना गरेको ग्लोबल सर्भिस क्याम्प उद्घाटन गरे।बुशेकसँगै टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप माइत्रा समेत आएका छन्।
 
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उदेश्यले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, नेपालका विभिन्न स्थानहरुमा आयोजित हुँदैछ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटाका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार ड्राईभरहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, पाट्र्समा १० प्रतिशत छुट,गाडीको सम्पूर्ण स्वास्थ्य जाँच, उत्कृष्ट माईलेज अवार्ड, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, दिइनेछ।यही कार्यक्रममा टाटाको म्याग्ना बसको साँचो समेत हस्तान्तरण गरिएको छ।कम्पनीले दर्शक तथा सेवाग्राहीको निःशुल्क आँखा जाँच, स्वास्थ्य जाँच, ट्राफिक सचेतना, एड्स सचेतना लगायतका कार्यक्रम समेत गरेको छ।