चार महिनामा पाँच बीमा कम्पनीको मात्रै सुपरिवेक्षण, ‘प्रतिवेदन समेत गोप्य’

बिजमाण्डू
२०७४ मंसिर ५ गते १४:१९ | Nov 21, 2017

काठमाडौं।बीमा समितिले बीमा कम्पनीको नियमित सुरपरिवेक्षण समेत गर्न सकेको छैन।

Tata
GBIME
Nepal Life

कर्मचारी अभाव भएको देखाउँदै समितिले सामान्य सुपरिवेक्षण समेत गर्न भ्याएको छैन।समिति भित्र आवश्यक पर्ने दक्ष जनशक्ति समेत छैन।नयाँ जीवन बीमा कम्पनीलार्इ अनुमति दिएपछि समितिबाट राम्रा कर्मचारी छाड्ने क्रम बढेको छ।दक्ष जनशक्ति अभावकै बीच दश वटा नयाँ जीवन बीमा कम्पनीलार्इ अनुमति दिएको समितिले संचालनमा रहेका कम्पनीको सुपरिवेक्षण गर्न सकेको छैन।

समितिका अनुसार चार महिनाको अवधिमा पाँच वटा कम्पनीको मात्रै सुपरिवेक्षण भएको छ।त्यो पनि सुपरिवेक्षणको प्रतिवेदन गोप्य राख्ने गरिएको छ।समितिले बीमा कम्पनीको व्यालेन्स सिट, कर्मचारी व्यवस्थापन, दावी भक्तानी, विनियमावलीको कार्यान्वयन कोष व्यवस्थापन लगायतका विषयमा सुपरिवेक्षण गर्ने बीमा समितिका उप निर्देशक राजुरमण पौडेलले बताए। "हाल समितिले दुर्इ टोली बनाएर निरीक्षणको काम गरिरहेको छ" पौडेलले भने।

चार महिनाको अवधिमा युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको मात्रै अनुगमन भएको छ।समितिले नियमित अनुगमन नगर्दा कम्पनीले बीमा शुल्क भुक्तानी ढिला भएको छ। कम्पनीहरुले गत साउनमा बाढीको कारणले भएको क्षतिको जम्मा तीन प्रतिशत मात्र दाबी भुक्तानी गरेका छन्। समितिले नियमित अनुगमन नगर्दा दाबी भुक्तानीमा ढिलाइ भएको हो। त्यस्तै भूकम्पले क्षतिको पुगेको दाबी भुक्तानी दिन अझै बाँकी छ। कम्पनीले जनताबाट संकलन गरेको बीमा शुल्क सुरक्षित राख्नका लागि अनुगमन र सुपरिवेक्षण प्रभावकारी हुनुपर्छ।

समितिका अनुसार कर्मचारी अभावका कारण नियमित अनुगमनमा जान सकिएको छैन।समितिले आवश्यक कर्मचारी माग गरेको छ। नयाँ कर्मचारी आए सँगै समितिले अनुगमन कार्य प्रभावकारी बनाउने पौडेलले बताए।अनुमगनका क्रममा कुनै पनि कम्पनीमा कानुनी कारबाही गर्नुपर्ने स्थिति नदेखिएको उनले जानकारी दिए। समितिले अहिलेसम्म पनि अनुगमनको कुनै पनि प्रतिवेदन सार्वजनिक गरेको छैन।