टुरिजम मेगा बैंकमा गाभ्ने निर्णय लिने विशेष साधारणसभामा कोरमनै पुगेन, अर्को साधारणसभा डाक्दै

बिजमाण्डू
२०७४ मंसिर ४ गते २१:०० | Nov 20, 2017
काठमाडौं।टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंकले फेरी विशेष साधारणसभा बोलाउनुपर्ने भएको छ। सोमबार भएको साधारणसभामा कोरम नपुगेपछि फेरी विशेष साधारणसभा डाक्नुपर्ने भएको हो।मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जरजस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारण सभा आह्वान गर्न लागिएको बताए । अर्को साधारण सभा आह्वान गरी टुरिजम बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन शेयरधनीले संचालक समितिलाई अनुमति पनि दिएका छन् । अर्को विशेष साधारणसभा छिट्टै बोलाइने बैंकले जनाएको छ । 
 
यसैबीच, दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ । साधारणसभा अघि बढाउन अब बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ । मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकका ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुबैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् । 
 
मर्जरपछि मेगा बैंकका शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने बैंकका सिइओ अनिलकेशरी शाहले बताए । मेगा र टुरिजमबीचको मर्जरले ४८ वटा जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने सिइओ शाहले बताए।
 
 

Tata
GBIME
Nepal Life