१८ महिनाभित्र साराङकोटमा केबलकार संचालनमा आउने, चितवन कोर्इले बटम र टप स्टेशनको काम थाल्दै

बिजमाण्डू
२०७४ मंसिर ४ गते २०:४८ | Nov 20, 2017
काठमाडौं।अन्नपूर्ण केबलकार प्रालिले १८ महिनाभित्र साराङकोटमा केबलकार संचालनमा ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

पोखराको सेदीबगरदेखि सराङकोटसम्म साढे दुर्इ किलोमिटरमा केबलकार निर्माण हुनेछ।केबलकार निर्माणका लागि कम्पनीले बटम र टप स्टेशनसम्मको ठेक्का चितवन कोर्इलार्इ दिएको छ।नेपालको पहिलो केबलकार मनकामना केबलकार निर्माण गर्ने कम्पनी पनि चितवन कोर्इनै हो।गत वर्षको मंसिर २९ गते केबलकारको भूमी पूजा गरिएको थियो।
 

अन्नपूर्ण केबलकार र चितवन कोर्इबीच केबलकार निर्माणका लागि सोमबार औपचारिक हस्ताक्षर भएको छ।यो केबलकार करिब एक अर्ब १० करोड रुपैयाँमा निर्माण हुनेछ।चितवन कोर्इका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार चालिस करोड रुपैयाँमा बटम र टप स्टेशनको काम हुने बताउँदै डेढ वर्षभित्र निर्माण सक्ने गरि काम अघि बढाइने बताए।‘हामीले डेढ वर्षभित्र निर्माणसक्ने गरि काम अघि बढाउँछौं’ उनले बिजमाण्डूसँग भने,सम्झौंता भन्दा अघिनै निर्माणसक्ने गरि काम अघि बढाउनेछौं।‘

गत वर्षको मंसिरमा केबलकार निर्माणका लागि भूमी पूजा गरेपछि पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका अध्यक्ष कालु गुरुङ

केबलकारको टावर र गोन्डोला(डब्बा)को काम भने जापानको निप्पोन केबलले गर्नेछ।उनले एक घण्टामा पाँच सय यात्रु चढ्न मिल्ने गरि केबलकार निर्माण हुने जानकारी दिँदै एउटा डब्बामा ८ जना यात्रु चढ्न मिल्ने बताए।यो केबलकारमा नेपाली व्यवसायी समूहको ८५ र जापानी समूहको १५ प्रतिशत लगानी रहेको छ।कम्पनी अध्यक्ष कालु गुरुङले डेढ वर्षभित्र साराङकोट केबलकार चढेर जान मिल्ने बताए।‘हामीले डेढ वर्षभित्र केबलकार निर्माण गरेर सक्नेछौ’उनले बिजमाण्डूसँग भने,पोखराको लोकप्रिय पर्यटकीय गन्तब्य साराङकोटका लागि माइलस्टोन बन्ने विश्वास हामीले लिएका छौं।‘

 
जापानी समूहमा टाकासी मियाहराको लगानी छ। पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए। मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक हुन् । उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन्  । स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंयाँ कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो ।
 
 १० प्रतिशत लगानी स्थानीय समुदायको रहने र भविष्यमा पब्लिक लिमिटेडमा परिणत गरिने उनले बताए। उनका अनुसार ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिइनेछ । केबलकारमा सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक लगायतले लगानी गर्ने सम्झौंता समेत भइसकेको छ।
 
जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने केबलकारमा १६ देखि ३६ डिब्बा रहनेछन् । २ हजार १ सय मिटर दुरीमा १४ वटा पोल रहने केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुनेछ।केबलकार यात्रामा हिमाल, ताल र  पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य हुनेछ।
 
 
केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखराबजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ । यात्राकै बेलामा यात्रुले केबलकारको डिब्बाबाटै सूर्यौदय र सूर्यास्त  सहज रुपमा देख्न सकिन्छ। सराङकोट सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात भएकाले बिहान साढे ५ बजेबाट नै केबलकार सञ्चालन गरिने कम्पनीले जनायो।सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रुपैयाँ भाडा लिन्छ भने समय ४५ मिनेट लाग्छ ।