हाथवे इन्भेष्टमेन्ट लैनचौरको आफ्नै कम्प्लेक्समा सर्यो, अब प्राइभेट इ्क्विटीमा पनि काम गर्ने

बिजमाण्डू
२०७४ मंसिर ४ गते १८:१० | Nov 20, 2017
हाथवे इन्भेष्टमेन्ट लैनचौरको आफ्नै कम्प्लेक्समा सर्यो, अब प्राइभेट इ्क्विटीमा पनि काम गर्ने
काठमाडौं। आइएमई समुहद्रारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल ‍आइतबार लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सरेको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालले नयाँ कार्यालय उद्घाटन गरेका हुन्। 
 
कार्यक्रममा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यिटी र भेन्चर क्यापिटल जस्ता क्षेत्रमा पनि कम्पनीलाई स्थापित गर्ने बताए। कम्पनीका प्रबन्ध सञ्चालक अम्बिकाप्रसाद पौडेलले लगानीकर्ता तथा सञ्चालकहरुको विषेश सहयोगले कम्पनीले छोटो समयमा नयाँ उचाइ हासिल गरेको बताए।

Tata
GBIME
Nepal Life


 

उद्घाटन कार्यक्रममा कम्पनीका संचालक तथा समुहका अन्य पदाधिकारीको उपस्थीती थियो। स्थापनाको छोटो समयमा नै पुँजीबजारमा फरक पहिचान बनाउन सफल कम्पनीको मुख्य उदेश्य सूचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ। 
 
पुँजी बजारका अलावा दिर्घकालिन लगानीका रुपमा रियलस्टेट, हाईड्रोपावर, बीमा जस्ता क्षेत्रमा समेत कम्पनीले लगानी गर्दै आएको छ। हाथवे समूहले विगतमा समस्याग्रत रहेको एनबी इन्स्योरेन्स र अरुण फाईनान्सको ब्यवस्थापन सम्हालेर सफलतापुर्वक संचालनमा ल्याएको छ। 
 
कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा समेत सूचिकृत छ। कम्पनीको ५० प्रतिकित्ता शेयर १२५ रुपैयाँका दरले अन्तिम कारोबार भएको छ।