भुकम्प पीडितलाई गाडी किन्न कति हो ऋण सीमा? कुनैले ६५% दिँदै कुनै बैंकमा ८०% सम्म

बिजमाण्डू
२०७४ मंसिर ४ गते ११:५६ | Nov 20, 2017
भुकम्प पीडितलाई गाडी किन्न कति हो ऋण सीमा? कुनैले ६५% दिँदै कुनै बैंकमा ८०% सम्म
काठमाडौं। भुकम्प पीडितलगायतले ट्याक्सी किन्नु परे कति डाउन पेमेन्ट बुझाउनु पर्छ? 
 
सवारी साधनमा ऋण दिइरहेका बैंकहरु द्वीविधामा परेका छन्। 
 
राष्ट्र बैंकले साना कार/जिपमा कुल मूल्यको ६५ प्रतिशतसम्म ऋण दिने ब्यवस्था गरेको छ। ब्यक्तिगत विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म ऋण दिन सकिने ब्यवस्था गरेको छ। साथै ४० सीटका सार्वजनिक यातायात, निर्माण कार्य एवं पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानीजस्ता सेवाका लागि सीमा नलाग्ने ब्यवस्था गरेको छ।
 
निजी कार/जिपमा ६५ प्रतिशतको ब्यवस्थाका बाबजुत पनि चार ठूला बैंकले भुकम्प पीडितका लागि ८० प्रतिशतसम्म ऋण सुविधा दिएपछि केही बैंकले भने गुनासो गर्न थालेका छन्। 'सबैलाई एउटै नीति लागू भएदेखि ८० प्रतिशतसम्म पनि दिन अरु बैंकलाई पनि सहज हुने थियो' एक बैंकका प्रमुख कार्यकारीले भने, 'तर निर्देशनमा एउटा कुरा छ ब्यवहारमा अर्को कुरा गर्न अप्ठेरो भइरहेको छ। ६५ प्रतिशतमा ऋण दिइरहेकामध्ये केही बैंक भुकम्प पीडितको ट्याक्सी कर्जा बारे स्पष्ट हुन राष्ट्र बैंक जाने तयारीमा छौं।'
 
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले निजी कार जिपलाईलाई ६५ प्रतिशतको सीमा यथावत रहेको बताए। ट्याक्टसी सार्वजनिक सवारी भए पनि ४० सिटभन्दा कम क्षमताको भएकाले निजी सवारी साधन वरावर नै ऋणको सुविधा दिने नीति राष्ट्र बैंकको छ।

Tata
GBIME
Nepal Life