विराटनगरका सबैभन्दा ठूलो हुन्डी कारोबारी अनुप सेठिया पक्राउ, ७५ लाख रुपैयाँ नगद पनि बरामद




विराटनगर।विराटनगरमा हुन्डीको सबैभन्दा ठूलो कारोबारी मानिने अनुप सेठिया र उनका भतिजा ललितलार्इ प्रहरीले पक्राउ गरेको छ।
 
मोरङ प्रहरीले बिहीबार विराटनगरको मेनरोडस्थित सेठियाको घरबाट दुबैलाई पक्राउ गरेको हो ।उनले आफ्नो घरबाटै हुण्डीको कारोबार गर्दै आएका थिए।स्रोतका अनुसार सेठियाले आफ्नो घरको एउटा कोठामार्फत हुन्डीको कारोबार गर्दै आएका थिए।
 
उनको कोठाबाट ७५ लाख रुपैयाँ नगदसमेत बरामद भएको मोरङ प्रहरी स्रोतले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सेठिया काका–भतिजलाई पक्राउ गरेको स्वीकार गर्दै शुक्रबार अदालतमा अनुसन्धानका लागि म्याद थप गरेपछि मात्र सबै कुरा भत्र मिल्ने बताए ।
 

Share this Story

   

विराटनगरका सबैभन्दा ठूलो हुन्डी कारोबारी अनुप सेठिया पक्राउ, ७५ लाख रुपैयाँ नगद पनि बरामद को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.