सवारीसँग जोडिएको एउटा यस्तो ‘स्क्याण्डल’, जसले बनायो ‘प्यालेडियम’लार्इ प्लाटिनमभन्दा महंगो

बिजमाण्डू
२०७४ कात्तिक ३० गते १२:५१ | Nov 16, 2017
सवारीसँग जोडिएको एउटा यस्तो ‘स्क्याण्डल’, जसले बनायो ‘प्यालेडियम’लार्इ प्लाटिनमभन्दा महंगो

प्यालेडियम धातुको माग अन्तराष्ट्रिय बजारमा निरन्तर बढिरहेको छ। एक वर्षयता यो दुर्लभ धातुको भाउ ४८ प्रतिशतले बढिसकेको छ र अब यो प्लाटिनम भन्दा पनि महंगो भएको छ। प्यालेडियमको मूल्यमा सन् २००१ पछि पहिलोपटक यति धेरै बृद्धि देखिएको हो।

Tata
GBIME
Nepal Life

संसारकै सबैभन्दा ठूलो मेटल मार्केट लण्डन मेटल एक्सचेन्जका अनुसार गत शुक्रबार एक औंन्स प्यालेडियमको १००८ अमेरिकी डलर कायम थियो। एक वर्षअघि यो रकम मात्र ६८१ अमेरिकी डलर थियो।

यसको भाउ यसरी बढ्नुको पछाडि दुर्इ वर्षअघि डिजेल कारको इन्जिनमा देखिएको गडबडी र त्यसबाट उत्पन्न बिभिन्न बिबादको हात रहेको छ।
जर्मनीको फक्सवागेनले सन् २०१५ मा प्रदूषणको मानकहरुको पास गर्नका लागि एउटा सफ्टवेयर प्रयोग गरी डिजेल गाडीहरु उत्पादन गर्यो।

कम्पनीले झण्डै १० लाख गाडीहरुमा यो प्रविधि प्रयोग गर्यो। तर ती डिजेल गाडीहरु प्रदूषण परीक्षणमा फेल भए। इन्जिनमा गडबडी देखियो। कम्पनीका अध्यक्ष मार्टिन विन्टरकनले यसै विवादका कारण पदबाट राजिनामा दिए। त्यस घटनापछि कम्पनीले धेरै किसिमका परीक्षण तथा जाँचको सामना गर्नुपर्यो। कम्पनीमाथि यस्ता धेरै मुद्दा परे जसकारण लाखौ रुपैयाँको जरीवाना समेत कम्पनीले ब्योहोर्नुपर्यो।

इन्जिनमा गडबढी भएको आरोपमा अन्य कम्पनीहरुका डिजेल गाडीहरुमाथि पनि थप परीक्षणको आदेश दियो। फ्रान्स र जर्मनीका धेरै कम्पनीहरुले यस्ता परीक्षणको सामना गरे।

यो घटनापछि विश्वबजारमा डिजेल गाडीहरुको इमेज निकै बिग्रियो। मानिसहरुले यसमाथि विश्वास गर्न छोडे। धातुका बिज्ञ मार्कस गार्विका अनुसार यसै घटनाले यूरोपमा ठूलो परिवर्तन देखियो।

 के थियो प्यालेडियम कनेक्सन?

यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनका अनुसार सन २००९ मा पहिलोपटक डिजेल गाडीहरुको तुलनामा पेट्रोल गाडीहरुको बिक्री निकै बढ्यो।

प्यालेडियमलार्इ पेट्रोल गाडीहरुको ‘एक्जस्ट’मा प्रयोग हुने ‘क्याटलिस्ट’ बनाउनका लागि प्रयोग गरिन्छ।  गार्वीका अनुसार डिजेल गाडीहरु यूरोपमा धेरै प्रयोगमा थिए तर पछिल्ला घटनाले यसको बिक्रीमा असर पर्यो।

चीन र भारतमा पनि पहिलेभन्दा धेरै नै पेट्रोल गाडीहरुको माग छ। यसो सबै कारणले गर्दा प्यालेडियम धातुको माग बढेको हो।

एसोसिएसनको तथ्यांकका अनुसार सन् २०१७ को पहिलो ६ महिनामा डिजेल गाडीहरुको मात्र बिक्री घटेको देखिएको छ। यूरोपमा हाइब्रिड, बिद्युतीय तथा प्राकृतिक ग्यासबाट चलने गाडीहरुको बिक्री बढेको छ।

एसोसिएनका सचिव एरिक जोनार्टका अनुसार धेरै कम मानिसहरु मात्र बैकल्पिक उर्जाको प्रयोगमा लागेको छन्।

यसै बर्ष जनवरी देखि जुनको बीचमा डिजेल गाडीहरुको बिक्री चार प्रतिशतले घटेको छ पेट्रोलबाट चल्ने गाडीहरुको बिक्री १० प्रतिशतले बढेको छ। आइसिबिसी स्ट्याण्डर्ड बैंकको तथ्यांक अनुसार यो वर्ष खानीबाट निकालिने ७५ देखि ८० प्रतिशत प्यालेडियमको प्रयोग ‘क्याटलिस्ट कन्भर्टर’ बनाउन प्रयोग हुनेछ।

यो कन्भर्टरले कार्बन मोनोअक्साइड जस्ता हानिकारक ग्यसलार्इ बाफमा बदलिदिन्छ । गार्वी भन्छन् –‘यसको गुणकै कारण यो धातुको महंगो मूल्य स्वाभाविक हो।’

गार्वीले यो मूल्य अझै बढ्ने बताए। एक औंसको १ हजार डलर कायम रहिरहने उनको अनुमान छ  जुन प्लाटिनम भन्दा पनि महंगो हो।
गार्वीका अनुसार भाउ बढेर पनि अटोमोबाइल कम्पनीहरुमा यसले धेरै ठूलो असर पार्दैन किनभने यसबाहेक अरु कुनै धातु यो कामको लागि उपयोगी छैन। यदि कम्पनीहरुले यसकालागि अन्य धातुको प्रयोग गर्न चाहेपनि यसको लागि अध्ययन तथा परीक्षणमा कम्तीमा पनि दुर्इ देखि तीनवर्ष लाग्नेछ।

बिज्ञ भन्छन् दक्षिण अफ्रिकामा प्यालेडियमलार्इ प्लाटिनमकै बाइप्रोडक्टका रुपमा निकालिन्छ। रुसमा पनि यसलार्इ निकेलको बाइप्रोडक्टका रुपमा नै निकालिन्छ। दुबै स्थानमा यसको ठूलो खानी रहेको छ।

प्लाटिनमको भाउ स्थिर छ। तर प्यालेडियम निकाल्न धेरै नै खर्च लाग्ने भएकोले भाउ पनि महंगो हुन थालेको छ। यसको उत्पादनमा लाग्ने खर्चका कारण पनि यसको धेरै उत्पादन संभव नहुने बताइन्छ। रुसमा यसको उत्पादन बृद्धिको संभावना कम भएको बताइन्छ। गार्वीका अनुसार दुईदेखि तीन वर्षसम्म प्यालेडियमको कुनै नयाँ खानी समेत उत्खननको संभावना छैन।

यसको माग अहिल्यै नघट्ने बिज्ञहरु बताउँछन्।  स्विजरल्याण्ड प्यालेडियमको सबैभन्दा ठूलो बजार हो। गत साल स्विजर्लयाण्डमा आयातको नेट ब्यालेन्स ४ दशमलव ७ टन रहेको थियो। यस बर्ष नेट निर्यात ४ दशमलव २ देखिएको छ। यसबाट स्विजरल्याण्टमा जति प्यालेडियम जान्छ त्यो भन्दा बढी बाहिरिएको तथ्य पुष्टि हुन्छ।