नेपाल लाइफ इन्स्योरेन्सको नाफा २०० प्रतिशतले बढ्यो, बीमा शुल्कमा ४० प्रतिशतले बृद्धि

बिजमाण्डू
२०७४ कात्तिक ३० गते १०:२५ | Nov 16, 2017

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको पहिलो तीन महिनाको भन्दा २०० प्रतिशतले नाफा बढाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पहिलो तीन महिना सम्म १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा पाँच करोड ८९ लाख रुपैयाँ थियो।
कम्पनीको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड रुपैयाँ छ । यो रकम गत वर्ष २ अर्ब ७० करोड रुपैयाँ थियो।

कम्पनीको पहिलो तीन महिनामा कुल दावी भुक्तानी एक अर्ब २० करोड रुपैयाँ छ भने गत वर्षमा ६० करोड ९४ लाख रुपैयाँ थियो।
कम्पनीको चुक्ता पूँजी तीन  अर्ब नौ करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ८६ करोड रुपैयाँ जम्मा भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ छ।