उपत्यकामा माइक्रो विस्थापन गरेर ठूला बस संचालनमा ल्याउने प्रतिस्पर्धा, १० वटा ठूला बस थपियो

बिजमाण्डू
२०७४ कात्तिक २९ गते २०:०६ | Nov 15, 2017
उपत्यकामा माइक्रो विस्थापन गरेर ठूला बस संचालनमा ल्याउने प्रतिस्पर्धा, १० वटा ठूला बस थपियो


काठमाडौं।उपत्यकामा माइक्रोबस विस्थापन गरेर ठूला बस संचालनको प्रतिस्पर्धा तीब्र भएको छ।

Tata
GBIME
Nepal Life

बुढानिलकण्ठ यातायातले १० वटा सुविधा सम्पन्न बस संचालनमा ल्याएको छ।यो बुढानिलकण्ठ जमल सहिदगेट माइक्रोबस व्यवसायी समिति अन्तर्गतको कम्पनी हो।यो बसले चक्रपथ परिक्रमा गरेर बुढानिलकण्ठ पुर्याउने कम्पनीले जनाएको छ।

३४ सिट भएको यो बसमा वार्इफार्इ,सीसीटीभी,पब्लिक एनाउन्समेन्ट सिस्टम लगायतका  सुविधा हुने कम्पनीको दाबी छ।अशोक लेल्याण्डको बस यो रुटमा चल्ने कम्पनीका अध्यक्ष बाबुराज महर्जनले बताए।समिति सदस्य भरत बस्नेतले  सरकारको मापदण्ड पूरा गरेर अरु बस समेत संचालनमा ल्याउने बताए।