जीएसटी परिवर्तनमा आलोचना खेप्दै भारतीय अर्थमन्त्री जेटली, भन्छन्- ‘सिंगल रेट सम्भव छैन’




नयाँदिल्ली। भारतका अर्थमन्त्री अरुण जेटलीले जीएसटीको दरमा अझै फेरबदल हुने संकेत दिएका छन्। सरकारको राजस्वलार्इ ध्यानमा राख्नै जीएसटीको दर परिवर्तन गरिने उनले बताए।
गत शुक्रबारमात्रै २०० बस्तुको ट्याक्स रेट घटाइएको थियो। बिपक्षीले ती वस्तुहरुको ट्याक्स रेट गुजरातको चुनावलार्इ लक्षित गरी घटाइएको भन्दै आलोचना गरेपछि उनले यसलार्इ विपक्षीहरुको कच्चापन भएको जवाफ दिए।

जीएसटी काउन्सिलका अध्यक्ष समेत रहेका अर्थमन्त्री जेटलीले भने- ‘जिएसटी रेट घटाउने विषयमा छलफल चलिनै रहेको थियो। हामीले चार महिनाको छलफलपछि २८ प्रतिशतको स्ल्याबमा परिवर्तन गरेका हौं।’


भारतमा जीएसटी यसै वर्ष जुलार्इ १ तारिखदेखि लागु भएको थियो। यसमा देखिने कमीकमजोरीलार्इ हटाउनकालागि जीएसटी काउन्सिलको बैठक हरेक महिना बसिरहेको छ। भविष्यमा पनि ट्याक्स दरमा परिवर्तन भैरहने उनले बताए।

राजस्वलार्इ ध्यानमा राख्दै यसको दर र प्रक्रियामा समेत परिवर्तन हुन सक्ने उनले जानकारी दिए।

उनले बजारको अवस्था हेरी निर्णय गरेको बताए। हाल ट्याक्सको रेटमा जे जति परिवर्तन भएका छन् यसबाट आम मानिसलार्इ फाइदा पुग्ने उनको भनार्इ छ। जीएसटी काउन्सिलले गत शुक्रबारमात्रै बैठकमा २८ प्रतिशत ट्याक्स रेट कायम गरिएको स्ल्याबमा १७८ बस्तुहरु हटाएर  ५० वटा बस्तुहरुलार्इ मात्र समावेश गर्ने निर्णय गरेको छ।

'ट्यारिफ स्ट्रक्चर'बारे जानकारी नभएकाहरुले सिंगल जीएसटी रेटको कुरा उठाएको उनले बताए। केही दिनअघि मात्रै  काँग्रेस उपाध्यक्ष राहुल गान्धीले जीएसटी रेट १८ प्रतिशत कायम गर्न माग गरेका थिए। जेट्लीको यो भनाइ गान्धीकै मागप्रति लक्षित थियो। गहुँ, चामल,चीनी जस्ता खाद्यबस्तु र लग्जरी कार वा सुर्तीजन्य बस्तुको ट्याक्स कहिल्यै बराबर हुँदैन भन्दै उनले जीएसटीको अवधारणा नै नबुझेकाले यस्तो माग गर्ने भन्दै गान्धीको मागप्रति आपत्ति जनाए।  

‘खानेकुराहरुमा कुनै ट्याक्स लगाउनु हुँदैन र त्यसै अनुसार गरिएको छ। सर्वसाधारणले प्रयोग गर्ने वस्तुहरुमा सबैभन्दा कम ५ प्रतिशत मात्र ट्याक्स लगाइएको छ।’- लग्जरी तथा सिन प्रोडक्ट तथा वातावरणलार्इ हानी नोक्सानी पुर्याउने बस्तु तथा सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको ट्याक्स कुनै पनि हालतमा बराबर नहुने उनले स्पष्ट पारे।

Share this Story

   

जीएसटी परिवर्तनमा आलोचना खेप्दै भारतीय अर्थमन्त्री जेटली, भन्छन्- ‘सिंगल रेट सम्भव छैन’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.