युनिलिभरको नाफामा ७७% बृद्धि, एक अर्ब २५ करोड रुपैयाँको कारोबार, नेटवर्थ १२१० रुपैयाँ

बिजमाण्डू
२०७४ कात्तिक २८ गते १०:३३ | Nov 14, 2017
युनिलिभरको नाफामा ७७% बृद्धि, एक अर्ब २५ करोड रुपैयाँको कारोबार, नेटवर्थ १२१० रुपैयाँ
काठमाडौं। युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा ७७ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले असोजसम्म तीस करोड १७ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षमा १७ करोड दुर्इ लाख रुपैयाँ नाफा गरेको थियो। 
 
कम्पनीले पहिलो तीन महिनामा आफ्नो उत्पादन बेचर एक अर्ब २५ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष ६४ करोड ३७ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो। कम्पनीको बस्तु उत्पादन खर्च पहिलो तीन महिनामा ७० करोड दुर्इ लाख रुपैयाँ छ भने गत वर्ष ३५ करोड ४२ लाख रुपैयाँ थियो।
 
कम्पनीको चुक्ता पूँजी नौ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब १८ करोड रुपैयाँ जम्मा भएको छ। कम्पनीको प्रति शेयर आम्दानी ३२८ रुपैयाँ छ भने गत वर्षमा १८५ रुपैयाँ थियो। कम्पनीको पहिलो तीन महिनामा प्रति शेयर नेटवर्थ १२१० रुपैयाँ छ भने लिक्युडिटी रेसियो १.२५ रहेको छ। 
 

Tata
GBIME
Nepal Life