नाफा २७% ले बढाएको एनसिसी बैंकलाई चुक्ता पूँजी ८ अर्ब पुर्याउन चुनौती, खराव कर्जा बढ्यो

बिजमाण्डू
२०७४ कात्तिक २८ गते ०९:५० | Nov 14, 2017
नाफा २७% ले बढाएको एनसिसी बैंकलाई चुक्ता पूँजी ८ अर्ब पुर्याउन चुनौती, खराव कर्जा बढ्यो
काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एसिसि) बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा नाफा बढाएको छ। बैंकको नाफा २७ प्रतिशतले बढाएर १६ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ। गत बर्ष असोजमा नाफा १२ करोड ९० लाख रुपैयाँ थियो। 
 
बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २१ करोड २९ लाख रुपैयाँ छ। गत वर्ष २४ करोड २४ लाख रुपैयाँ थियो। बैंकले ६१ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ८७ लाख रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष तीन अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ३४ करोड रुपैयाँ ऋण लागानी गरेको थियो। 
 
बैंकको नाफामा राइट ब्याकको योगदान २३ करोड ११ लाख रुपैयाँ रहेको छ। गत वर्षमा राइट ब्याक तीन करोड २३ लाख रुपैयाँ थियो। पहिलो तीन महिनामा बैंकको कर्मचारी तथा अन्य खर्च १२६ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो खर्च ११ करोड ६१ लाख रुपैयाँ रहेकोमा अहिले २६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। 
 
बैंकको चुक्ता पूँजी चार अर्ब ६७ करोड रुपैयाँ मात्र छ। बैंकले आठ अर्ब पुर्याउन अझै तीन अर्ब ३२ करोड रुपैयाँ जुटाउनु पर्ने चुनौती छ। त्यस्तै बैंकको जगेडा कोषमा दुर्इ अर्ब ७२ करोड रुपैयाँ जम्मा भएको छ। 
 
बैंकको पूँजी कोष अनुपात ११.६८ प्रतिशत छ। बैंकको खराब कर्जा एक आर्थिक वर्षमा ३.३३ प्रतिशतले बढेको छ। गत वर्ष ०.९६ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४.२९ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ छ। 

Tata
GBIME
Nepal Life