तरार्इमा आएको बाढीले ६० अर्ब रुपैयाँ बराबरको क्षति, पुर्ननिर्माणका लागि ७३ अर्ब लाग्ने




काठमाडौँ। गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । 
 

राष्ट्रिय योजना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ ।  प्रभावित क्षेत्रको पुनःउत्थानका लागि करिब रु ७३ अर्ब २४ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिए।
 
उनले आगामी तीन वर्षमा तत्काल, मध्यकाल र दीर्घकालका लागि पुनःस्थापना रणनीति अवलम्बन गरिने बताए । जोखिमलाई सम्बोधन गर्नका लागि आवश्यक रुपरेखाको प्रस्तावसहित प्रतिवेदन आफूले प्रधानमन्त्रीलाई बुझाएको बताउँदै डा वाग्लेले त्यसलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहेको बाढीपीडितको पुनःस्थापनार्थ विशेष एकाइमार्फत गरिने बताए।
 
उक्त प्रतिवेदनमा  साउन २७ देखि ३० गतेसम्म गएको बाढीलाई मात्र लिइएको छ । बाढीबाट देशभरका ३५ जिल्ला प्रभावित र  १८ जिल्ला अत्यधिक प्रभावित भएका थिए ।  उक्त प्रतिवेदन योजना आयोगले गृह मन्त्रालयले विपत्ति प्रभावित भनेर तोकेको १८ भन्दाबढी जिल्ला तथा नौ क्षेत्रका कार्यालयले तयार गरेको तथ्यांकमा आधारित थियो । 
 
डा वाग्लेका अनुसार बाढीले मुकुको समग्र अर्थतन्त्रमा भन्दा पनि सम्बन्धित जिल्लामा मात्र असर पार्ने देखिएको बताउँदै बाढीबाट प्रभावितको पुनःउत्थान नेपाल सरकारले नै गर्ने स्पष्ट पारे।
 

Share this Story

   

तरार्इमा आएको बाढीले ६० अर्ब रुपैयाँ बराबरको क्षति, पुर्ननिर्माणका लागि ७३ अर्ब लाग्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.