डिसिएक्स नेपालको ट्रेडिङ्ग कप च्यालेन्ज, लिवर्टी कलेज उत्कृष्ट

बिजमाण्डू
२०७० बैशाख १६ गते ००:०० | Apr 29, 2013
डिसिएक्स नेपालको ट्रेडिङ्ग कप च्यालेन्ज, लिवर्टी कलेज उत्कृष्ट

काठमाडौं । डिसिएक्स नेपालले ‘डिसिएक्स युनिर्भसिटि ट्रेडिङ्ग च्यालेन्ज कप’ आयोजना गरेको छ । नेपालका विभिन्न विश्विद्यालयसँग सम्वन्धन लिएका विजनेस स्कुलहरुलाइ समेटेर अप्रिल अन्तिम साता (बैसाख ९ गते देखि १३ गते सम्म) कम्पनीले यस्तो कार्यक्रम आयोजना गरेको हो । अप्रिल महिनालाई विश्वव्यापी रुपमा पनि वित्तिय साक्षरता महिनाको रुपमा मनाइने गरिन्छ, यही सिलसिलमा डिसिएक्स युनिर्भसिटि ट्रेडिङ्ग च्यालेन्ज कप आयोजना गरिएको हो । यो कार्यक्रममा सयभन्दा वढि टीमको सहभागीता भएको कम्पनीले सोमवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा छ ।

च्यालेन्ज कपले विद्यार्थीलाई कमोडीटी ट्रेडिङ्ग कसरी गर्न सकिन्छ भन्ने ब्यवहारीक ज्ञान दिई कमोडिटिज र व्यक्तिगत लगानी योजनाका बारेमा ख्यातिप्राप्त विशेषज्ञसंग विभिन्न ट्रेडिङ्ग तालिमको अवसर पनि प्रदान गरेको छ । करिब २० कलेजका चार सय विद्यार्थीले यो कार्यक्रममा भाग लिएका थिए ।
प्रतियोगितामा लिवर्टी कलेजको टिम प्रथम, इस्लिङटन कलेजलको टिम दोस्रो र एट्लान्टीक ईन्टरनेसनल कलेजको टिमले तेस्रो  स्थान प्राप्त गरेका थिए । यो टीमलाई तीस हजार, दश हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट पोर्टफोलीयो म्यानेजमेन्ट टीमको उपाधि डिएभी कलेज, उत्कृष्ट जोखिम ब्यस्थापन टीममा इीस्लङटन कलेज र सबैभन्दा वढि ट्रेडिङ्ग गर्ने टीममा कोएस्ट इन्टरनेसनल कलेजले उपाधी जितेको थियो । विजय टीमलाई  डि.एभी स्कुलका अध्यक्ष अनिल केडिया , राष्ट्रीय सहकारी बैंकका प्रवन्ध निर्देशक केवी उप्रेती , सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी धु्रव तिम्सीना, धितोपत्र बोर्डका उप निर्देशक डा.नवराज अधिकारी लागयतले नगद, ट्रेडिङ्ग डीपोजिट, ट्रफी र प्रमाणपत्र  वितरण गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थीलाई विभिन्न संस्थामा इन्टर्नसिपको अवसर प्रदान गरिने डिसिएक्स नेपालका प्रवन्ध निर्देशक जोसेफ अधिकारीले बताए । डेरिभेटीभ एण्ड कमोडिटी एक्सचेन्ज नेपाल लि.(डसिएक्स नेपाल) नेपालको बस्तुवजारमा काम गर्ने कमोडिटीज एक्सचेन्ज हो ।

Tata
GBIME
Nepal Life