हुन्डार्इको ‘भर्ना’ नेपाली बजारमा, विश्वभरी ९० लाख बिक्री भएको यो कार नेपालमा कति बिक्ला?

बिजमाण्डू
२०७४ कात्तिक २७ गते १६:३६ | Nov 13, 2017
हुन्डार्इको ‘भर्ना’ नेपाली बजारमा, विश्वभरी ९० लाख बिक्री भएको यो कार नेपालमा कति बिक्ला?


काठमाडौं।नेपालका लागि हुन्डार्इको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले ‘द नेक्स्ट जेन’ ‘भर्ना’ गाडीको बिक्री सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

विश्वभरि करिब ९०लाख ग्राहक रहेको यो कार सर्वाधिक रुचाएको गाडीमा पर्ने कम्पनीको दाबी छ।आकर्षक बनोट,अत्याधुनिक विशेषता र सुविधा भएको यो गाडीलार्इ नेपाली उपभोक्ताले समेत रुचाउने विश्वास कम्पनीको छ।

भर्नामा 'सुपर बडी स्ट्रक्चर फ्रेम'को निर्माणमा पचास प्रतिशत 'एडभान्स हाइ स्ट्रेन्थ' स्टिलको प्रयोग भएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार गाडीको वाहिरी भागमा एलर्इडी टेल ल्याम्प,सार्क फिन एन्टेना,मस्कुलर ड्युअल टोन बम्पर,७.० टच स्क्रिन अडियो एण्ड भिडियो नेभिगेशन लगायतका सुविधा छन्।

गाडीको भित्री भागमा कुल्ड ग्लोभ बक्स,डोर साइड म्याप पकेट,सिट हाइट एड्जस्टर,लगेज ल्याम्प लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।कम्पनीले यो गाडीमा तीन वर्षे वारेन्टी र चार वर्ष नि:शुल्क सर्भिसिङ र एक आर्थिक वर्षको सवारी कर चुक्तासहित बिक्री गर्ने जनाएको छ।