रोकिएन एटिएम ठगी- थप एक बुल्गेरियन नागरिक पक्राउ, बिभिन्न १८ थान एटिएम कार्ड बरामद




काठमाडौं । अरुको एटिएम कार्ड दुरुपयोग गरि पैसा झिक्ने तथा डाटा चोरी गर्ने एक बुल्गेरियन नागरिकलाइै प्रहरीले पक्राउ गरेको छ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुल्गेरियन नागरिक विटिली वासिलीवीक नेकीटलाई ठमेलको नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट पक्राउ गरेको हो। 
 
प्रहरीले उनको साथबाट ग्लोवल आइएमर्इ बैंक, सानिमा बैंक तथा नविल बैंकको एटिएम मेसिनबाट रकम निकालेको स्लीप, विभिन्न बैंकका १८ थान एटिएम कार्ड तथा विभिन्न ‌औजार वरामद गरिएको ब्यूरोका एसपी जीवन श्रेष्ठले जानकारी दिए।
 
प्रकाउ परेका विटिलीले न्यूरोड, ठमेल, दरवारमार्ग,  सोह्रखुट्टेलगायतका स्थानबाट रकम तथा डाटा चोरी गरेको अनुसन्धानबाट खुलेको छ। 
 
अभियुक्तलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको श्रेष्ठले बताए। अहिलेसम्म ब्यूरोले एटिएम ठगीको अभियोगमा १८ जना विदेशी नागरिकलार्इ पक्राउ गरिसकेको छ।
 
पक्राउ पर्नेमा  ४ जना रोमानियाली, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय छन्। उनीहरुबाट हालसम्म नेपाली ८८ लाख ६८ हजार ८५० रुपैयाँ ,  अमेरिकी डलर ७३ हजार ५ सय ८०,  युरो ६४ हजार १ सय ७५ र विभिन्न बैकका एटिएम कार्ड १ हजार ३२६ थान बरामद भएको छ।
 
विदेशी नागरिक नेपालको कमजोर कानुन र प्रविधिको फाइदा उठाउँदै ठगीकै लागि नेपाल आउने गरेको खुलेको छ।


Share this Story

   

रोकिएन एटिएम ठगी- थप एक बुल्गेरियन नागरिक पक्राउ, बिभिन्न १८ थान एटिएम कार्ड बरामद को लागी १ प्रतिक्रिया(हरु)

agyat nepali[ Nov 13, 2017 - 03:43 pm ]
Main Culprits are Banks..
Why do not they arrange proper security system (Security guard, Siren, Power CCTV at they ATM booth?
Toothless NRB read my comment and give directives on these issues .

   हालसम्म ४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.