सानिमा बैंकले भुवन दाहाललाई नै निरन्तरता दियो, चार बर्षका लागि पुन नियुक्ति, २७ बर्षे अनुभव

बिजमाण्डू
२०७४ कात्तिक २७ गते १२:०७ | Nov 13, 2017
सानिमा बैंकले भुवन दाहाललाई नै निरन्तरता दियो, चार बर्षका लागि पुन नियुक्ति, २७ बर्षे अनुभव

Tata
GBIME
Nepal Life

काठमाडौ। सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा भुवनकुमार दाहाललाई निरन्तरता दिने निर्णय गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिले दाहाललाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो।

 
दाहालको कार्यकाल माघ १२ गते सकिँदै थियो। सानिमा बैंकमा एक कार्यकाल पुरा गरेका दाहाले यसअघि नबिल बैंकको माथिल्लो ब्यवस्थापनमा थिए। २२ वर्ष नबिल बैंकमा विताएका दाहाल सानिमामा डेपुडी सिइओका रुपमा भित्रिएका थिए। सात महिनापछि उनी सिइओ भएका थिए। 
 
गैरआवासिय नेपालीहरुले प्रवद्र्धन गरेको सानिमा ६ वर्षअघि विकास बैंकबाट स्तरोन्नति भएर बाणिज्य बैंक बनेको हो।  दाहाल नेपाल बैंकर्स एसोसिएनसनको नीति निर्माणमा पनि सहभागी हुँदै आएका छन्। उनी वाह्य लगानी, जोखिम विश्लेषण र सञ्चालनमा राम्रो मानिन्छन्। संघमा उनी अहिले कार्यसमिति सदस्य छन्।