कञ्चन डेभलपमेन्ट बैंकको लाभांश पोहोरभन्दा कम, १६ प्रतिशत बोनस शेयर दिने घोषणा




काठमाडौँ। कञ्चन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत वर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनकालागि ०.८४३८ प्रतिशत नगद लाभांश दिने जनाएको छ। कम्पनीले घोषणा गरेको लाभांश गत वर्ष भन्दा कम हो।

गत वर्ष कम्पनीले २६.३१ प्रतिशत लाभांश दिएको थियो। जसमा २५ प्रतिशत बोनस शेयर र बाँकी कर प्रयोजनकालागि नगद लाभांश दिएको थियो।

कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने बताइएको छ।         

हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीले सात करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।        

Share this Story

   

कञ्चन डेभलपमेन्ट बैंकको लाभांश पोहोरभन्दा कम, १६ प्रतिशत बोनस शेयर दिने घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.