समिट माइक्रोफाइनान्सको नबिकेको हकप्रद लिलाममा, साढे २६ हजार कित्ता बिक्रीका लागि रााखियो




काठमाडौं। समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले नबिकेको २६ हजार ५४९ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्ने भएको छ।

बैंकले भदौ ५ देखि कात्तिक १ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशतबाट हुन आउने ७ लाख २५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो। यसमध्ये २२ हजार ४ सय ६७ कित्ता संस्थापक र चार हजार ८२ कित्ता हकप्रद शेयर बिक्री भएको थिएन।

बैंकको नबिकेको हकप्रद शिलबन्दी बोलपत्र आवेदन मंसिर ४ देखि ११ गतेसम्म दिन सकिने छ। बोलपत्र आवेदनकालागि न्यूनतम एक सय कित्तादेखि अधिकतमको लागि सीमा तोकिएको छैन। तर नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी हुने गरी आवेदन दिन नपाइने बैंकले जनाएको छ। त्यस्तै बोलकबोल गर्दा आवेदकले न्यूनतम एक सय रुपैयाँदेखि आवेदन दिन पाउने बताइएको छ। 

आवेदन परेको शिलबन्दी बोलपत्र  खोलिने मिति भने  तय भैनसकेको बैंकको बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ।

Share this Story

   

समिट माइक्रोफाइनान्सको नबिकेको हकप्रद लिलाममा, साढे २६ हजार कित्ता बिक्रीका लागि रााखियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.