एशियन लार्इफ इन्स्योरेन्सको सरल सुरक्षा बीमा योजना, दैनिक ९ रुपैयाँ बचत गरी दश लाख पाइने




काठमाडौं। एशियन लार्इफ इन्स्योरेन्स कम्पनीले सरल सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। यसअनुसार कम्पनीले दैनिक ९ रुपैयाँ बचतगरी दश लाख रुपैयाँको बीमा गराउने योजना ल्याएको जनाएको छ।
कम्पनीका अनुसार यो योजनामा १६ वर्ष देखि ६० वर्षसम्मका ब्यक्तिले बीमा गर्न सक्छन्।

न्यूनतम दुर्इ लाख पचास हजार रुपैयाँदेखि सुरु हुने बीमा योजनामा बार्षिक रुपमा बीमा भुक्तानी गर्नुपर्ने बताइएको छ।

उमेर अनुसारको बीमाशुल्क भुक्तानी गरी प्रत्येक वर्ष बीमालेख नवीकरण गर्न सकिने ब्यबस्था समेत कम्पनीले गरेको छ। यो योजना कम बजेट भएकाहरुलार्इ फाइदा पुग्नेगरी ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि १५ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको छ। हाल कम्पनीले २५ शाखा र ७५ उपशाखाहरुबाट बीमा सेवा उपलब्ध गराउँदै आएको छ।

Share this Story

   

एशियन लार्इफ इन्स्योरेन्सको सरल सुरक्षा बीमा योजना, दैनिक ९ रुपैयाँ बचत गरी दश लाख पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.