सबैलाई पछि पार्दै नेपाल बैंकले अर्ब नजिक नाफा गर्यो, पोहोर भन्दा १६% कम, इपिएस ४८ रुपैयाँ




काठमाडौं। नेपाल बैंकले नाफामा सबै बैंकलाई जिते पनि बृद्धि दर भने पोहोरको भन्दा कम छ। बैंकले तीन महिनामा ९८ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ। पोहोरभन्दा नाफा १६ प्रतिशतले कम हो। गत बर्ष एक अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो। 
 
बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी एक अर्ब ३९ करोड रुपैयाँ गरेको छ। गत बर्ष एक अर्ब १७ करोड रुपैयाँ थियो। बैंकले ९२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत बर्ष ८६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब तीन करोड रुपैयाँ ऋण लगानी थियो। 
 
बैंकले पहिलो तीन महिनामा २९ करोड २९ लाख रुपैयाँ राइट व्याक गरेको थियो। बैंकको गत वर्षको भन्दा नाफा घट्नुको कारण नन अपरेटिङ आम्दानी १५१ प्रतिशतले घटेर ४७ करोड ३० लाख रुपैयाँमा सीमित हुनु पनि हो। बैंकको कर्मचारी खर्च ६१ करोड २३ लाख रुपैयाँ छ। 
 
बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात ४.४७ प्रतिशतले बढेर १६.५९ प्रतिशत पुगेको छ। खराब कर्जा पनि ०.३० प्रतिशतले बढेर ३.४२ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी ४८ रुपैयाँ छ। 
 

Share this Story

   

सबैलाई पछि पार्दै नेपाल बैंकले अर्ब नजिक नाफा गर्यो, पोहोर भन्दा १६% कम, इपिएस ४८ रुपैयाँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.