१४ दिनपछि शेयर बजारमा हरियो रंङ, १०० अंक गुमाएपछि १६ अंकले बढ्यो बजार




काठमाडौँ। १३ कारोबार दिन लगातार घटेको शेयर बजार १४ औँ दिन दोहोरो अंकले बढेको छ। आइतबार नेप्से परिसूचक १६.४१ अंकले बढेको हो। १३ दिनमा बजार १०६.९१ अंकले घटेको थियो। गत कात्तिक ५ गते १५६७.६४ अंकबाट बजार ओरालो लागेको थियो।
 
आइतबारको कारोबार पछि बजार १४७७.१४ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ३१०.५४ अंकमा उक्लिएको छ। 
 
कारोबार खुलेको पहिलो आधा घण्टामा बजार पाँच अंक गुमाउदै १४६१ अंकमा झरेको। त्यसपछी बिस्तारै उकालो लागेको बजारले अन्तिम सम्मनै वृद्धि कायम गरेको हो। बजार बढेपनि आइतबार कारोबार रकम भने घटेको छ। १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता शेयर ३९ करोड ७१ लाख रुपैयाँमा खरिद बिक्री भएको हो। 
 
आज सबैभन्दा बढी बैंक अफ काठमाडौँको संस्थापक शेयर दुई करोड ८९ लाख रुपैयाँमा खरिद बिक्रि भयो।  १० समुहको कारोबार भएकोमा ट्रेडिङ बाहेक सबै समूह बढेका छन्। ट्रेडिङ समूह १.४१ प्रतिशतले घटेको छ। बैंक १.२६, होटल ०.२१, विकास बैंक १.३५, जलबिद्युत १.७८, फाइनान्स ०.३७, बीमा १.४९, अन्य ०.६४ र लघुवित्त ०.०७ प्रतिशतले बढेका छन् भने उत्पादनमुलक समुहमा कुनै परिबर्तन भएन। 
 
आइतबार सबैभन्दा बढी सहयोगी विकास बैंकका शेयरधनीले करिब आठ प्रतिशत कमाए। बिजय लघुवित्तका शेयरधनीले सबैभन्दाबढी करिब सात प्रतिशत गुमाएका छन्। 


Share this Story

   

१४ दिनपछि शेयर बजारमा हरियो रंङ, १०० अंक गुमाएपछि १६ अंकले बढ्यो बजार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.