तनहुँ हाइड्रोले पायो अर्को आयोजनाको लाइसेन्स, अब १०४ मेगावाटको तल्लो सेती पनि बनाउने




काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलशाययुक्त  (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ।  १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको निर्माण गरिरहेको कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले बताए। 
 
‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स तनहुँ हाइड्रोलाई दिएको छ’ उनले भने। लाइसेन्सको अवधि दुई बर्ष तोकिएको छ।
 
गत चैतमा तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तल्लो सेतीको लाइसेन्स लिने प्रकृया अघि बढाउन प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेलाई निर्देशन दिएका थिए। तल्लो सेती तनहुँ जलविद्युत आयोजनाको तल्लो तटमा पर्छ।
 
घिसिङको निर्देशन अनुसार कम्पनीले लाइसेन्सका लागि विभागमा दरखास्त हालेको थियो। सरकारको आरक्षण सूचिमा (बास्केट) मा रहेको आयोजनाको लाइसेन्स लिन कम्पनीले दुई वर्षका लागि एकमुष्ट एक करोड ८० रुपैयाँ दस्तुर बुझाएको विभागले जनाएको छ।
 
तनहुँ जलविद्युत आयोजनाको जलशायमा सञ्चित भएको पानीलाई हिउँदमा बिजुली निकाल्न प्रयोग गरिन्छ। उक्त पानी तल्लो सेतीको सेतीको विद्युत व्यवस्थापनका लागि पनि महत्वपुर्ण हुने जनाइएको छ। 
 
तल्लो सेतीको बाँध अहिले निर्माण भइरहेको तनहुँ जलविद्युत आयोजनाको विद्युत गृहबाट करिब २० किलोमिटर तलको केशरटारमा पर्छ। जुन ठाउँ त्रिशुली र सेती नदीको दोभानभन्दा करिव १९ किलोमिटर माथि एवं चितवनको नारायणघाटबाट करिव ३३ किलोमिटर टाढा पर्छ। आयोजनाबाट वार्षिक करिव ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। आयोजनाको अनुमानित लागत २२ करोड अमेरिकी डलर छ।


Share this Story

   

तनहुँ हाइड्रोले पायो अर्को आयोजनाको लाइसेन्स, अब १०४ मेगावाटको तल्लो सेती पनि बनाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.