गभर्नरको निर्णय बिरुद्ध लोकसेवा आयोग, तत्काल ३० बर्षे सेवा अवधि नचलाउन निर्देशन




काठमाडौं । लोकसेवा आयोगले ३० बर्षे सेवा अवधिको प्रावधान तत्काल नचलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले स्विकृतीका लागि पठाएको कर्मचारी बिनियामावलीमा सेवा अवधि सम्बन्धि प्रावधान तत्काल चलाउन नहुने निश्कर्ष आयोगले निकालेको हो। 
 
राष्ट्र बैंक सञ्चालक समितिले गभर्नर चिरंजीबि नेपालको जोडबलमा ३० बर्षे सेवा अवधि हटाउने निर्णय गरि स्विकृतिका लागि आयोगमा पठाएको थियो। कर्मचारी युनियनहरुको तिब्र बिरोध एवं पुर्व गभर्नरहरुको असहमितका बाबजुत गभर्नर नेपालले आफु निकट केही कर्मचारीको सेवा अवधि बढाउन ३० बर्षे सेवा अवधि हटाउन खोजेका थिए। 
 
‘नेपाल सरकारले संघिय निजामित सेवा लगायत बिभिन्न ऐन नियम तर्जुनमा गर्न लागेको छ, लोक सेवा आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने- नेपाल राष्ट्र बैंकको अवकास सम्बन्धि नीति पनि ती कानुन आएपछि संशोधन गर्नु उपयुक्त हुन्छ, तत्काललाई हाल कायम अवकास नीति नै यथावत राख्नु भन्ने राय सहित स्विकृतीका लागि आएको कर्मचारी विनियमावली फिर्ता पठाइएको छ।’ संघिय निजामति कानुनको अवकास सम्बन्धि प्रावधान अनुरुप नै राष्ट्र बैंकको अवकास नीति हुने गरि त्यही बेला यो बिषयमा छलफल गर्नुपर्ने आयोगले ठहर गरेको उनले जानकारी दिए।
वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु हुँदा सन् २००१ मा नेपाल राष्ट्र बैंकमा ५८ बर्ष उमेर या ३० बर्षे सेवा अवधिमध्ये जुन पहिला आउँछ त्यसैमा अवकास दिने नीति अख्तियार गरिएको थियो। राष्ट्र बैंकका पुराना कर्मचारी बिदा गरि नयाँ एवं सूचना प्रविधिमा दक्ष पुस्तालाई भर्ना गर्न उक्त प्रावधान लागु गरिएको थियो। 
 
गभर्नर नेपाल पनि सुरुमा यो प्रावधानको पक्षमा थिए। उनले २०७१ चैतमा अदालतमा परेको एक मुद्दालाई जवाफ दिँदै ‘राष्ट्र बैंकमा वहाल ८० प्रतिशत कर्मचारी सूचना प्रविधिको जानकार नरहेको हुँदा ३० बर्षे प्रावधान मार्फत पुराना कर्मचारी हटाउने नीति ठिक रहेको’ तर्क गरेका थिए। तर, पछिल्लो समय केही पहुँचवाला कर्मचारीको दबावका कारण उनी ‘युटर्न’ भए।
 
राष्ट्र बैंकका ११ सय कर्मचारी मध्ये ८०० जना ३० बर्षे सेवा अवधि तत्काल हटाउन नहुने पक्षमा थिए। राष्ट्र बैंक बोर्डले एकलौटी ढंगले यो प्रावधान हटाउने निर्णय गरेपछि युनियनहरुको अगुवाइमा कर्मचारीले दैनिक दुई घण्टा गभर्नर कार्यालयमा धर्ना दिँदै आएका थिए।
 
पुर्व गभर्नरहरुले पनि वित्तिय क्षेत्र सुधार कार्यक्रमको मर्म विपरित हुने भन्दै यो प्रावधान चलाउन नहुने बताउँदै आएका थिए। नेपाल राष्ट्र बैंक अलावा सरकारी बैंकहरुमा पनि ३० बर्षे सेवा अवधिको प्रावधान कायम रहेको छ। यो व्यवस्था हटेमा आफुहरुलाई झनै ठूलो समस्या आउने ती संस्थाका व्यवस्थापन अधिकारीहरुले बताउँदै आएका थिए। पुराना तीन जना कर्मचारीको काम नयाँ एक जनाले गर्न सक्ने हुँदा यो व्यवस्था कायम राख्नु पर्ने उनीहरुको मत थियो। 


Share this Story

   

गभर्नरको निर्णय बिरुद्ध लोकसेवा आयोग, तत्काल ३० बर्षे सेवा अवधि नचलाउन निर्देशन को लागी १४ प्रतिक्रिया(हरु)

Mina Basnet[ Nov 17, 2017 - 04:12 pm ]
गभर्नर पद भनेको बौद्धिक पद हो जस्तो लाग्थ्यो , तर होइन रहेछ । केही आसे पासे का लागि काम गर्ने पार्टी को भ्रस्ट नेता जस्तो पो हुदो रहेछ ।
धन्य लोकसेवा आयोग , विवेकपुर्ण निर्णय गरिदिएको मा !! अब अन्य सरकारी बैंक हरु पनि System मा प्रतिस्पर्धा भै सुधार हुने भो !!

   हालसम्म ३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Nov 13, 2017 - 12:06 pm ]
Sambidhan ko 143 ko (gha) kunai sangathith sanstha ko
sewa ko karmachari ka sartha sambandhi Kanun ra tasto sewaka padma badhu wa bibhagiye Karbhahi garda apanaunu parne samanya sidantako bisayema Lok Sewa Aayogako Paramarsa linuparchha. Tesaile 30 NRB ko board le pani ahile hatauna sakchha.

   हालसम्म ११ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


एक बैंकर[ Nov 13, 2017 - 03:26 am ]
आम कर्मचारीहरुको भावना बिपरित आफ्ना सिमित आसेपासेहरुको लागि बलजफ्ती कर्मचारी बिनियमावली बोर्ड्बाट निर्णय गराइ अनुमोदन गराउन खोज्ने गभर्नर ज्यु को बौद्धिकता पनि देखियो ।
उहाले चालेको यस्तो कदमको लो से आयोग बाट अनुमोदन भएको भए भावी असर अन्य सरकारी बैंक हरुमा कस्तो पर्ने थियो होला !! यस्ता नेतृत्व बाट मुलुकको आर्थिक क्षेत्रले के आशा राख्ने ???

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Samata[ Nov 12, 2017 - 09:35 pm ]
Government ko nitigat kura lai Rasta bank ko eauta
Typist le challange garne ho? Teslai turunta barkhast garnu paryoo NRB Management.

   हालसम्म १८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Aagni Rana[ Nov 12, 2017 - 07:13 pm ]
खरानीकाे दुखले अाफ्नै घरमा अागाे लगाउने, अन्नपात जलेर पटट् अावाज अाउँदा उडुस मरेकाे सम्झेर अाँगनमा नाचने विद्धवानहरुकाे जयहाेस्!

   हालसम्म १६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Anjan nirdoshi[ Nov 12, 2017 - 06:33 pm ]
लोक सेवा आयोगले गरेको निर्णय आसाधयै राम्रो छ,जसले गर्दा वितीय संस्था हरु ले जीवन्तता पाइरहनेछ।

   हालसम्म ३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


सत्यप्रकाश रेग्मि[ Nov 12, 2017 - 06:20 pm ]
संबैधानिक निकाय लोक सेवा आयोगको निर्णय अत्यन्तै सान्दर्भिक र समय सापेक्ष ढंगबाट आएको छ । यो निर्णय आउनुमा सत्य तथ्य उजागर गराउने र खबरदारी गर्ने अन्लाइन बिजमान्डु र कान्तिपुर राष्ट्रिय पत्रिकाको भुमिका सराहनिय छ । गभर्नरले पनि कोठरीका मान्छेको भलाईका लागि मात्र नभई बृहत् सोच राखेर अघि बढ्नका लागि यो घटनाबाट पाठ सिक्नुपर्छ ।

   हालसम्म २८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


जनसचेतक नागरिक[ Nov 12, 2017 - 05:03 pm ]
लाेक सेवा अायाेग काे जय जय हाेस।।।
गभर्नर र बरिस्ठ डेपुटि गभर्नरले नैतिकताकाे अाधारमा राजिनामा दिदा उत्तम हुनेछ ।चाकडिबबाजहरू भट्ट ,अधिकारी,पण्डित ,नेपाल तथा टाईपिषट हरू सहजै रूपमा अवकाश हुने भए।हा हा हा लाेक सेवा अायाेगकाे सङ फटाहाहरू काे हार हुनाकाे साथै सत्यवान कर्मचारी बिच एकता कायम हुनु अति नै स्वागत छ।

   हालसम्म ३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sanosh[ Nov 12, 2017 - 02:52 pm ]
yo Mitra bhanne person ta khatara raicha..psc lai nai gali garyo ta yar...yasko jagir chittai janalako cha jasto cha...do not worry if you have capacity you do good job as compared your current job..

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


TRB[ Nov 12, 2017 - 02:47 pm ]
लोक सेवा आयोगले जे गर्‍यो ठिक गर्‍यो, लोकसेवा आयोगको जय होस्।

   हालसम्म ३२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


mitra[ Nov 12, 2017 - 02:05 pm ]
Loksewa has done bad action it has put dipute among the staf one nation noe rule but loksewa making it mountain so no bleeve loksewa in Nepal it is running a political and childrenway

   हालसम्म १० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bibekshil Nagarik[ Nov 12, 2017 - 12:21 pm ]
अलिकति पनि नैतिकता भए गभर्नर साप राजीनामा गर्नुस । अब आम कर्मचारीको अगाडि कसरी मुख देखाउनु हुन्छ ? शायद जयराम भन्ने कर्मचारी पनि बेहोस भयर पशुपतिको माकचा दङ पर्ला आज । बैंकका साथीहरू Take Care of Your Jayaram hai..

   हालसम्म ५६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Santosh Gaire[ Nov 12, 2017 - 12:20 pm ]
Good decision..PSC saved system...otherwise system will be paralyzed..

   हालसम्म ३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


jayaram rajbhandari[ Nov 12, 2017 - 12:09 pm ]
Tyaso bhaye sarakar ma kina 58 years 30 rakhna pariyo. Testai RBB ma result nahudai kina sohi padharu ma wanted garna sahamati diyo. PSC le kina system bigariyo RBB ma.

   हालसम्म २७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.