कर्मचारी सञ्चय कोषको प्रशासकको जागिरका लागि ६ जनाले दिए दरखास्त, कसको पल्ला भारी?

बिजमाण्डू
२०७४ कात्तिक २६ गते ११:५३ | Nov 12, 2017
कर्मचारी सञ्चय कोषको प्रशासकको जागिरका लागि ६ जनाले दिए दरखास्त, कसको पल्ला भारी?
काठमाडौं। अर्थ मन्त्रालयले आवेदन खुला गरेको कर्मचारी सञ्चय कोषको प्रशासकका लागि ६ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालयले १५ दिनको समय दिँदै कात्तिक २३ गतेसम्म आवेदन बुझाउन आह्वान गरेको थियो। 
 
आवेदन दिने अन्तिम मिति शुक्रबारसम्म कोषका कामु प्रशासक दिपक रौनियारसहित ६ जना छन्। राजेन्द्र काफ्ले, जितेन्द्र धिताल, जीवनकुमार कटुवाल, लक्ष्मीप्रसाल श्रेष्ठ र सिआर पन्तले आवेदन दिएका छन्।
 
कोषको प्रशासक हुन सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा बैंक तथा वित्तीय संस्थालगायतका संगठित संस्थामा काम गरेको हुन जरुरी छ। अर्थशास्त्र, व्यवस्थापनलगायतका बिषयमा स्नातकोत्तर हुनु पर्छ।

Tata
GBIME
Nepal Life