ओम डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम, हकप्रद निष्कासनपछि चुक्ता पूँजी दुर्इ अर्ब नाघ्ने




काठमाडौं। ओम डेभलपमेन्ट बैंकले निष्कासन गरेको ३० प्रतिशत हकप्रद आवेदन दिने आज अन्तिम दिन हो। बैंकका भदौ २९ गतेसम्म कायम भएका शेयरधनीले १० कित्ता बराबर ३ कित्ताको दरमा हकप्रद भर्न पाउँछन्।

बैंकले ४९ लाख ३१ हजार कित्ता हकप्रद असोज २३ गते देखि बिक्री खुल्ला गरेको थियो।

बैंकको हकप्रद खरिदकालागि एनआर्इबिएल क्यापिटल मार्केट्स, ओम डेभलपमेन्ट बैंकका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, इटहरी र धनगढी कार्यालयमा आवेदन भर्न सक्ने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआर्इबिएल क्यापिटलले जनाएको छ।

बैंकले ३० प्रतिशत हकप्रद जारी गरेसँगै बैंकको चुक्ता पूँजी २ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ।

Share this Story

   

ओम डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम, हकप्रद निष्कासनपछि चुक्ता पूँजी दुर्इ अर्ब नाघ्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.