आइतबारदेखि देशभर हुण्डार्इको एक्सचेन्ज मेला, मेलामा हरेक गाडीमा सवा ६ लाख रुपैयाँ फाइदा पाउने

बिजमाण्डू
२०७४ कात्तिक २५ गते १९:४५ | Nov 11, 2017
आइतबारदेखि देशभर हुण्डार्इको एक्सचेन्ज मेला, मेलामा हरेक गाडीमा सवा ६ लाख रुपैयाँ फाइदा पाउने
काठमाडौं।हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आइतबारदेखि देशव्यापी रुपमा 'हुण्डार्इ मेगा एक्सचेन्ज विक' सुरु गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

मंसिर २ गतेसम्म संचालन हुने मेलामा ग्राहकले ६ लाख २० हजार रुपैयाँसम्म लाभ लिनसक्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अविश्वसनीय मूल्यांकनसँगै उपहार,उत्कृष्ट नगद छुट,स्पट फाइनान्स तथा बीमा, चार वर्ष फ्रि सर्भिस,तीन वर्षको वारेन्टी,२० हजार रुपैयाँसम्मको लोयल्टी बोनश र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश हरेक गाडीको बिक्रीमा दिइनेछ।

कम्पनीका सेल्स एण्ड मार्केटिङ डिजिएम रुपेश शर्मा भट्टले ग्राहकलार्इ उत्कृष्ट सुविधासिहत गाडी एक्सचेन्जको सुविधा ल्याएको बताए।यो मेला हुण्डार्इका देशभरका डिलरमा लागु हुने कम्पनीले जनाएको छ।