फुडमाण्डूको नयाँ एप सुरु, मोबाइलको एक क्लिकमै इच्छा अनुसारको खाना घरमै आइपुग्ने




काठमाडौं।अनलाइन र टेलिफोनमार्फत अर्डर अनुसारका खाना होम डेलिभर गर्दै आएको कम्पनी  फुडमाण्डूले शुक्रबारदेखि आफ्नो वेबसाइटको नयाँ संस्करण सार्वजनिक गरेको छ। फुडमाण्डूले आफ्नै एप समेत सुरु गरेको छ ।



ग्राहकले  मोबाइलको एक क्लिकमै इच्छा अनुसारको रेस्टुरेन्टबाट खाना र मदिरा होम डेलिभर दिने कम्पनीले जनाएको छ। विगत ७ वर्षदेखि संचालनमा आएको फुडमाण्डूले आफ्नो वेबसाइटको नयाँ संस्करणबाट थप प्रभावकारी रुपमा रेस्टुरेन्ट र ग्राहकलाई सेवा दिने बताएको छ। स्थापनाकालदेखि हालसम्म फुडमाण्डूले २ लाखभन्दा बढी अर्डर ग्राहकको घरदैलोसम्म पुर्याइसकेको जनाएको छ।

फुडमाण्डूले रोड हाउस, बाजेको सेकुवा(रेस्टुरेन्ट), आँगन, सजनगोठ(मिठाइ पसल), ग्रीनलाइन(लिक्वर विक्रेता) लगायतका १ सय ७५ चर्चित रेस्टुरेन्ट एवं लिक्वर डिस्ट्रीब्युटरसँग सहकार्य गर्दै आएको छ।

सन् २०१० नोभेम्वर ११ मा चारजनाको समुहले संचालनमा ल्याएको फुडमाण्डूमा अहिले ७० जना कर्मचारी कार्यरत रहेको प्रमुख कार्यकारी मनोहर अधिकारीले बताएका छन्। अधिकारीका अनुसार हाल ४० जना कर्मचारी फूड डेलिभरीमा आवद्ध छन् भने ३० कर्मचारी प्रशासनमा आवद्ध छन्।

ग्राहकले पुरानो साइटबाट पनि फुड आइटम अर्डर गर्न सक्नेछन् तर भर्खरै संचालनमा ल्याएको मोबाइल एप मोबाइल फ्रेण्ड्ली रहेको उनले जानकारी दिए। सामाजिक संजाल फेसबुकमा फुडमाण्डू पेजले २ लाख भन्दा बढी फलोअर्स कमाउन सफल भएको भन्दै अधिकारीले प्रशन्नता ब्यक्त गरे।



अधिकारीका अनुसार  होम डेलिभरी सेवा लिनकालागि ग्राहकले न्यूनतम ४ सय रुपैयाँको फुड आइटम अर्डर  गर्नुपर्ने हुन्छ। रिङरोडभित्रका ग्राहकले पचास रुपैयाँ डेलिभरी चार्ज तिर्नुपर्ने  प्रावधान रहेको उनी बताउँछन्।

'हामीले ग्राहकको इच्छा अनुसारको रेस्टुरेन्ट र लिक्वरसपबाट फुडआइटम र लिक्वर आइटम होम डेलिभर गरेबापत रेस्टुरेन्ट र लिक्वर डिलरसँग सामाग्री अनुसार केही प्रतिशत सेवा शुल्क लिने गरेका छौँ' उनले बताए।  

फुडमाण्डूको सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकले नोभेम्बर ११ देखि ७ दिनसम्मका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट पाउनसक्ने व्यवस्था छ। डिसेम्बर १५ देखि फुडमाण्डूले नेपालमै पहिलोपटक अनलाइन फुड फेस्टिभल समेत आयोजना गर्न लागेको जनाएको छ।

Share this Story

   

फुडमाण्डूको नयाँ एप सुरु, मोबाइलको एक क्लिकमै इच्छा अनुसारको खाना घरमै आइपुग्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.