बिट क्वाइन कारोबारको भुक्तानीमा इसेवाको संलग्नता नदेखिएपछि राष्ट्र बैंकले दियो क्लिन चिट

बिजमाण्डू
२०७४ कात्तिक २४ गते १२:२२ | Nov 10, 2017
काठमाडौं। वालेटमार्फत बिट क्वाइनको कारोबार भएको आशंकामा अनुसन्धान थालेको राष्ट्र बैंकले कुनै कैफियत नदेखेपछि इसेवालाई 'क्लिन चिट' दिएको छ। 
 
बिट क्वाइन कारोबारको भुक्तानीका लागि इसेवाको प्रयोग भएको आशंकामा राष्ट्र बैंकले अनुसन्धान थालेको थियो। राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षण टोली पठाएर गरेको अनुसन्धानले बिट क्वाइन कारोबारमा इसेवाको कुनै पनि संलग्नता नदेखिएपछि क्लिन चिट दिएको हो।
 
'स्थलगत निरिक्षणमा पठाएको हाम्रो टोलीले बिट क्वाइन कारोबारको भुक्तानीमा इसेवाको संलग्नता नभएको प्रतिवेदन दिएको छ' डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बिजमाण्डूसँग भने, 'चाँडै बैठक डाकेर यस बिषयलाई टुङ्ग्याउने योजनामा छौं।'
 
राष्ट्र बैंकले बिटक्वाइन कारोबारमाथि प्रतिबन्ध लगाएको छ। अभौतिक मुद्राका रुपमा बिट क्वाइनले संसारका अर्थतन्त्रलाई चुनौती दिइरहेका बेला राष्ट्र बैंकले गत भदौमै बिट क्वाइन कारोबारमाथि प्रतिबन्ध लगाएको थियो। 
 
राष्ट्र बैंकको टोलीले इसेवासँगै पाटर्नर बैंकमा समेत स्थलगत छानविन गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान विभागले बिट क्वाइन कारोबार गर्ने केही ब्यक्तिहरुलाई समातेर अनुसन्धान गरिरहेको छ।

Tata
GBIME
Nepal Life