अत्यावश्यक वस्तुको जोहो गर्न सरकार जुट्यो, आयल निगमले पेट्रोलियम पदार्थको आयात बढाउँदै




काठमाडौं।सरकारले मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशको निर्वाचनका लागि अत्यावश्यक वस्तुको आपूर्तिको भण्डारण बढाउन थालेको छ।



अत्यावश्यक वस्तुको अभाव नहोस भनेर सरकारले भण्डारण बढाउन थालेको हो।आपूर्ति मन्त्रालयले खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण बढाउन सम्वन्धित संस्थानलार्इ निर्देशन दिइसकेको छ।मन्त्रालयले आयल निगमलार्इ पेट्रोलियम पदार्थको आपूर्ति बढाउन निर्देशन दिएको छ।मन्त्रालयका सचिव कृष्ण देवकोटाले अत्यावश्यक वस्तुको अभाव हुन नदिन सबै संयन्त्र प्रयोग गरिएको बताए।

'निर्वाचनको लागि आवश्यक तयारी सुरु गरिसकेका छौ।' देवकोटाले बिजमाण्डूसँग भने, 'आयल निगमले पेट्रोलियम पदार्थ र खाद्य संस्थानले खाद्यान्न ढुवानी सुरु गरिसकेका छन्। एक हप्ता भित्र सबै ठाउँमा चाहिने अत्यावश्यक सबै वस्तुको ढुवानी गरिसक्छौ।'निर्वाचनका बेलामा पेट्रोलियम पदार्थको खपत बढ्छ।निर्वाचन प्रचार/प्रसारमा सवारी साधनको प्रयोग हुने भएकोले पेट्रोलको माग केही बढ्छ।निगमका प्रवक्ता वीरेन्द्र गोइतले निर्वाचनलार्इ ध्यान दिएर पेट्रोलियम पदार्थको आपूर्ति बढाइरहेको बताए।

‘हामीले आफ्नो अधिकतम इफोर्ट लगाएर पेट्रोलियम पदार्थ ल्याइरहेका छौं।निर्वाचनका बेलामा पेट्रोलियम पदार्थको अभाव हुन दिँदैनौ’उनले बिजमाण्डूसँग भने,हाम्रो संयन्त्र र व्यवसायीहरुको समेत सहयोगले तेल आपूर्ति बढिरहेको छ।‘निगमसँग अहिले ३२ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण छ।

हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न पठाईने
मोटरबाटो पुगेका पहाडी जिल्लामा स्थलमार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको खाद्य संस्थानले हुम्लामा भने नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न पठाउने भएको छ।

'स्थलमार्गबाट पठाउन सकिने सबै ठाउँमा खाद्यान्न पठाउन सुरु गरिसकेका छौं'संस्थानका प्रवक्ता शंकर सापकोटाले भने, 'हुम्लामा मात्र मोटरबाटोबाट पठाउन सम्भव नभएकाले सेनालाई हेलिकोप्टर मार्फत ढुवानी गरिदिन आग्रह गरेका छौं।'हुम्ला बाहेक सुदुरपश्चिमका केही पहाडी जिल्ला र कर्णाली क्षेत्रमा मात्र खाद्यान्नको समस्या थियो। डोल्पा, दार्चुला लगायतका जिल्लामा खाद्यान्न ढुवानी भइसकेको छ। तराई र मध्य पहाडी क्षेत्रमा खाद्यान्नको समस्या नरहेको सापकोटाले बताए।

अहिले देशभरमा माग ३० देखि ३५ हजार क्विन्टल खाद्यान्नको थियो। माग अनुसार पठाउन सम्भव नभएकाले देशभर २० हजार क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको उनले बताए।'देशभरीको माग त ३० देखि ३५ हजार क्विन्टल खाद्यान्न हो।' सापकोटाले भने, 'निर्वाचनको बेला सबै वस्तुको माग हुने भएकाले सरकारले भनेजति खाद्यान्न पठाउन नसकेको हो।'संस्थानले सबै भन्दा धेरै आपूर्ति गर्ने खाद्यान्नमा चामल हुन्छ। चामल पछि धान, गहुँ र दाल पनि थोरै थोरै परिमाणमा पठाईरहेको उनले बताए।

Share this Story

   

अत्यावश्यक वस्तुको जोहो गर्न सरकार जुट्यो, आयल निगमले पेट्रोलियम पदार्थको आयात बढाउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.